डोको बुनेर घर खर्च चलाउदै,भियाल दम्पती-रेडियो श्रीनगर


माघ २८ शनिबार श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका– ६ लमइका कुसुम भियाल,कलसरी भियाल र बनकली भियाल स्थानिय स्थरमा उत्पादन गरीएका डोका बिक्री गर्न गाउपालिकाका सबै क्षेत्रमा दैनिक जसो पुग्ने गरेका छन । डोका लगायतका निगोलोबाट उत्पादन हुने समाग्री घरमा भएका पुरुषले बनाउने आफले गाउमा गएर बिक्री गरिरहेको कलसरी भियालले बताउनु भयो । उहाले भन्नु भयो आफुले गाउपालिकाका बिभिन्न ठाउमा गएर बिक्री गरिरहेको बताउनु भएको छ ।

लमईमा घरमा भएका चिम्से भियालले सधै जसो जंगलमा गएर निगोलो ल्यादै डोको लगायतका ,सुपा,खार्या,थुम्चो,फुगा,भकारी,पाथो जस्ता समाग्री बनउने गरेका छन भने महिलाहरुले बिक्री गर्दै आएका छन । भियालले जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै जीवन बिताए । जीवनका अनेकौँ घामपानी भोगेका उनी उमेरले डाँडा काट्नै लाग्दा पनि जागर र जोस भने युवाभन्दा कम देखिँदैनन ।

घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोरा बुहारीको कमाइ खाने बेलामा चोयाँसँग खेल्दै डोका बुन्न व्यस्त उनी डोको बुन्ने सीप नै आफ्नो बुढेसकालको सहारा भएको बताएका छन । देशमा भएको राजनीतिक परिवर्तनले विकद्धयको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको उनीहरुको भनाइ छ । उनीहरुले डोको बुन्ने सीप नै आफ्ना लागि मुख्य आधार भएको बताएका हुन ।
भियाल दम्पतीले एक डोको रु ५ सयदेखि ६ सय सम्ममा बिक्री गर्दै आएका छन । अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहक खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चाहार्नुपर्छ उनले भने । उनले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताएका छन ।

अहिलेसम्म यसैबाट जीविका चलाएको छु । अव कति नै बाँचुला र बरु बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु’ चिम्से भन्छन ।

हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको भियालकोे भनाइ रहेको छ । डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र सबै जान परिवारलाई पालन पोषण गर्ने बताएका छन ।

प्रकाशित मितिः     २८ माघ २०७९, शनिबार ०७:५७  |