मिन पाचास दिनका लागि बन्द रहेका बिद्यालय संञ्चालनमा


फागुन २ श्रीनगर । मिन पाचास दिनका लागि बन्द रहेका हुम्लाको अदानचुली गाउपालिका भित्र रहेका सबै बिद्यालय आजबाट संञ्चालनमा आएका छन ।

गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र बिद्यालयका प्रअहरुको संयुत्त बैठकले पुषमा बार्षिक परिक्षा सम्पन्न गरी सोमबार सम्मका लागि मिन पचास दिनको अर्थात हिउदे बिदा दिने ािर्णय गरेको थियो । सोही अनुसार पुष महिनामा बार्षिक परिक्षा सम्पन्न गरी पुष १५ गते नतिजा प्रकाशन गरेर गाउपालिकाका १९ वटै सामुदायिक बिद्यालयहरु बन्द गरिएको थियो भने आजबाट अदानचुली गाउपालिकाका बिद्यालयहरुको नया शैक्षिक सत्र सुरु भएको छ ।

आजबाट बिद्यालय संञ्चालन भए संगै नया शैक्षिक सत्र सुरु भएको बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुले जानकारी दिएका छन । गत बर्षहरुमा कोरोना महामारीका कारण खस्किएको गाउपालिकाको शैक्षिक सत्र यस बर्षबाट पुरानै लयमा फर्किएको छ ।

महामारीका कारण गाउपालिका लगायतको जिल्ला भरीको शैक्षिक सत्र असारबाट सुरु भएको थियो । यतिबेला गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र बिद्यालयका प्रअहरुको संयुत्त बैठकले पुरानै लयमा फर्काउनका लागि बैठक गरी निर्णय गरेको थियो भने सोही अनुसारको निर्णय बिद्यालयमा पालना भए पछि शैक्षिक सत्र पुरानै लयमा फर्किएको छ ।

मिन पचास दिनका लागि बन्द रहेका बिद्यालय खुले पछि सबै बिद्यार्थीहरु बिद्यालय जान तयार भए पनि केही बिद्यालयमा सबै शिक्षक उपस्थित नहुदा बिद्यार्थीको पठन पाठनमा समस्या हुने देखिएको छ । मिन पचास दिनको बिदामा रही सहरी क्षेत्रका शिक्षक घर गएकाले बिद्यालयमा उपथित हुन ठिलाइए गरे पछि बिथार्थी समस्या उत्पन्न भएको छ ।

प्रकाशित मितिः     २ फाल्गुन २०७९, मंगलवार १७:३७  |