हुम्ला लमही सेवा समाज दोहा कतार द्धारा सर्किदेउ प्राबिलाई प्रिन्टर खरिद


पाल्गुन १८ श्रीनगर । हुम्ला लमही सेवा समाज दोहा कतार द्धारा सर्किदेउ प्राबिका लागि प्रिन्टर खरिद गरिएको छ । अदानचुली गाउपालिका वडा नम्बर ६ लमही घर भई हाल बैदेशिक रोजगारीको शिलसिलामा कतारको होहा स्थित सञ्चालन हुदै आएको उत्त सेवा समाजले गाउको सर्किेदेउ प्राथमिक बिद्यालयका लागि एक थान प्रिन्टर खरिद गरिएको लमही सेवा समाजका सचिव कमल बिके (तारा टमटा)ले जानकारी दिनु भएको छ । उहाका अनुसार उत्त सस्था संञ्चलान भए देखि बिपदमा परेका नागरीकहरुलाई सेवा दिदै आएको बताएका छन । कतारबाट खरिद गरिएके उत्त प्रिन्टर लमही सेवा समाजका अध्यक्ष नवराट टमटाले बिद्यालयमा ल्यार हस्तान्तरण गरिने बताउनु भयो ।
उत्त प्रिन्टर दोहाबाटै खरिद गरी अदानचुलीमा पुगे लगत्तै बिद्यालयलाई हस्तान्तरण्त गरिने भएको छ । अदानचुली ६ मा रहेको उत्त बिद्यालयका लागि प्रिन्टर अति आबाश्यक भएको बेला बिद्यालयले बिभिन्न सरोकारवाला निकाय संग पहल गर्दा समेत वास्ता नगरे पछि लमही सेवा समाजले खरिद गरी बिद्यालयलाई हस्तारन्तरण गरिने भएके हो ।
यस अघि उत्त बिद्यालयका शिक्षकहरुले स्थानिय,प्रदेश तथा संघिय निकाय संग पहल गर्दा समे कसैले वास्ता नगरे पछि बिद्यालयका लागी खरिद गरी अदानचुली पठाइएको छ । बिद्यालयमा २ थान कम्प्यूटर सेट ल्याएको ७ देखी ८ बर्ष बितिसक्दा समेत कसैले चासो नदेखाए पछि खरिद गरिएको हो ।
सबै टाउमा अनलाई प्रणली लागु भएके समयमा अदानचुली ६ को सर्किदेउ प्राथमिक बिद्यालयमा चिठि देखी बिद्याथीर्का मार्कसिट,प्रश्न पत्र लगायतका अन्य शैशिक समाग्री हातले लेखिरहेको बेला प्रिन्टर उपलब्ध गराइएको हो ।
उत्त सेवा समाजले आफ्नो गाउ आफै बनाऔ मुल नाराका साथ यो अभियान संञ्चलन गरेको लामो समयमा धेरै नागरीकहरुको घाउमा मलम पट्टि समेत लगाएको छ । उत्त प्रिन्टर बिद्यालयका लागि उपलब्ध गराइए बिद्यालयलाई सहज हुने भएको छ ।

अदानचुली ६ को लमहीमा रहेको सर्किदेउ प्राबि मात्र नभई एक समाग्री भए पनि अर्को आबाश्यक समाग्री नभएको अदानचुली धेरै बिद्यालयहरु रहेका छन । तर यस्का लागी अहिले सम्म कुनै पनि सरोकार वाला निकायले ध्यान दिन सकिए रहेका छैनन् ।

प्रकाशित मितिः     १८ फाल्गुन २०७९, बिहीबार ११:५०  |