ताजाकोटका बिद्यालयको बार्षिक परिक्षा चैत ५ गते बाट हुने,निश्चित परिक्षा केन्द्र निर्धारण


चैत्र २ हुम्ला । जिल्लाको ताजाकोट गाउपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुकोे बार्षिक परिक्षा चैत ५ गते बाट संञ्चालन हुने भएको छ ।
गत जेठ पहिलो साताबाट शैक्षिक सत्र सुरु गरीएका ताजाकोट गाउपालिका बिद्यालयहरुले हुउमा मिन पाचास दिनको बिदा दिएका थिए । मिन पाचास दिनको बिदा सकिए संगै फागुन पहिलो साताबाट बिद्यालय संञ्चालन भएका हुन ।
बिद्यालय संञ्चालन भए संगै गाउापालिकाको शिक्षा युवा तथा खेलकुद शाखा,बिद्यालयका प्रधानाध्यापक र गाउ कार्यपालिकाको संयुत्त बसेको बैठकले चैत ५ गतेबाट बार्षिक परिक्षा संञ्चालन गर्ने निणर्य गरिएको ताजाकोट गाउँपालकिा उपाध्यक्ष बाट बतिरण गरएिको गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जयरुद्र ढकालले बताउनु भएको छ ।
माध्यामिक बिद्यालयमा अध्यापन गरिरहेका बिद्यार्थीहरुलाई सहभागी गराईने गाउपालिका स्तरीय राष्ट्रपती रनङि शल्डि प्रतयिोगतिा २०८० बैषाख २ गतेबाट सन्चालन गर्ने निणर्य भएको बताउनु भएको हो । यसका लागि पालिकाका चार वटा माविबीच प्रतिस्पर्धा हुने भएको छ भने १३ वटा खेलका विधामा छात्रा तथा छात्रहरूको छुट्टाछुुट्टै प्रतियोगिता हुने भएको छ । जसमा धर्मोदय माबि,चन्द्रप्रकाश माबि,मदानदेब माबि,जनप्रकाश माबि बिच प्रतिशप्रधा हुने भएको छ ।
कक्षा ५ र ८ को परक्षिा समिति गठन गरी परीक्षा केन्द्र मार्फत गाउपालिकाको जनशक्ती बाट परीक्षा सञ्चालन गरीने भएको छ । कक्षा ८ का बिद्याथीका लागी गाउपालिकाको जनप्रकाश माबी,छेत्रपाल आबि,मदानादेब माबि,रामदेब माबि र धर्मोदय माबिका लागी धर्मोदय माबिमा परिक्षा केन्द्र निर्धारण गरिएको छ । कक्षा ८ कै लागीे मदानादेब माबि र चन्द्र प्रकाश माबि गरी चन्द्र प्रकाश माबिमा गरी २ वटा परिक्षा केन्द्र तोकिएको छ ।
यस्तै कक्षा ५ का लागी जनक आधारभुत बिद्यालय र जनप्रकाश माबिका लागी जनप्राश माबि परिक्षा केन्द्र तोकिएको छ । भने कक्षा ५ कै लागी वडा नम्बर २ र ३ मा रहेका सबै बिद्यार्थीका लागी धर्मोदय माबि,वडा नम्बर ४ को लागी ४ मै र ५ नम्बरको लागी मदानादेब माबि र जनजग्रीती आबिमाको परिक्षा केन्द्र मदानादेब माबिमा तोकिएको छ ।
उत्त परक्षिालाई थप मर्यादति बनाउन गाउपालिकाले बिशेष अनुगमन समेत गर्ने निणर्य गरेको छ । यस्तै आधरभुत तह १ देखी ३ कक्षा सम्मकोे परक्षिा नरिन्तर मुल्यांकन प्रणाली बाट मात्रै गर्ने भएको छ ।
गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गाउ पालिका स्तरीय र बिद्यालय आफैले गर्ने सबै परक्षिाको नतिजा बिश्लेषण अभभिावक बिद्यार्थी र शिक्षकको सयुक्त अन्तरक्रियामा बिद्यालयगत गर्ने भएको छ ।
उत्त बैठकले प्रत्येक बद्यिालय को चौमासकि ससमिक्षाको रपिोर्टङि समेत गर्ने भएको हो । निश्चत परिक्षा केन्द्र निर्धारणले बिद्यार्थीको सिकाइको महत्व बढाउने देखिएको छ ।


छात्रा बिद्यार्थीलाई स्यानिटरी प्याड र भेन्डिङ मेसिन बितरण


गाउपालिका भित्रका बिद्यालयमा अध्यनरत छात्राहरुका लागी महिनावारी हुदा लगाइने स्यानिटरी प्याड समेत बितरण गरिएको छ । महिनावारी भएको समयमा छात्रा बिद्यार्थीहरुलाई बिद्यालयमा समस्या हुने भएकाले बितरण गरिएको हो । दुर्गमा ठाउँका छात्राहरुले बिद्यालयमा शिक्ष संग माग्न अपठ्यारो मान्ने भएकाले बिद्यालयलाई प्याड बैङ्क अर्थात भेन्डिङ मेसिन समेत बितरण गरिएको छ । उत्त मेसिन सहित स्यानिटरी प्याट गाउपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको हातबाट बितर।ण गरिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मितिः     २ चैत्र २०७९, बिहीबार १९:१७  |