कार्यबाह वडा अध्यक्षको नेतृत्वमा गाउँ घर तथा सार्वजनिक स्थलको सरसफाई


श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष कल बहादुर महताराको नेतृत्वमा कल्खेको गाउँघर सरसफाई गरिएको छ । केही दिन अगाडी गाउँ टोलमा गई शौचालय निर्माण नगरेका घरहरुलाई तत्काल शौचालय निर्माण गरी प्रयोगमा ल्याउन अनुरोध गरेको वडा कार्यलयले आज सरसफाई गरिएको हो ।
वडा नम्बर १ का कार्यबाह वडा अध्यक्षको नेतृत्वमा,कार्यपालिका सदस्य,स्वास्थ्यकर्मी,सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिका,वडामा भएका बिद्यालयका शिक्षक बिद्यार्थी,कार्यलय सहयोगी,अन्य कर्मचारी जनप्रतिनिधि,पार्टी प्रतिनिधि,संञ्चारकर्मी लगायतको उपस्थितीमा वडा कार्यलयबाट र्याली संगै सरसफाईमा जुटेको उत्त टोली मण्डाली प्राबि हुदै तल्लो गाउँ,फडेरा गाउँ,माथिल्लो गाउँ हुदै जनकल्याण आधारभुत बिद्यालयमा पुगेको हो ।
टोलीले बर्षा याम सुरु भए संगै सार्वजनिक स्थलको फोहोरले झाडा पखाला,रुघा खोकी,ज्वरो,मलरीया लगायतका बिभिन्न किसिमका रोग सर्न सक्ने भन्दै उत्त रोगबाट टाडा रहनका लागी र्याली सहितको सरसफाई अभियान संञ्चालन गरेको स्वास्थ्यकर्मी पर बहादुर महताराले बताउनु भयो ।
बिद्यार्थीको सक्रियतामा रहेको उत्त सरसफई टोलीले गाउँ घर सफा राख्नै पर्छ,घर घर चर्पी हुनै पर्छ,सफ रहौ रोगबाट बचौ,फोहोर बिर्सजन उचित ढंगबाट गरौ,खुला दिसा नगरौ सरसफाईमा अघि बढौ,बाटो धारा गाउँ घर सफा राख्ने काम गर,हाम्रो कल्खे राम्रो कल्खे सबै मिलि बनाउछौ लगायतका नारा गदै सरसफाई गरिएको हो ।
उत्त टोली बिद्यालय परिसर सार्वजनिक स्थल,धारा,पार्टी पौवा चौतारा लगायतका स्थान सफा गरी फोहोरको बिर्सजन गरेको छ ।

फाेटाे फिचर

प्रकाशित मितिः     ५ जेष्ठ २०८०, शुक्रबार १८:०५  |