श्रीनगर । माछा मार्ने जाल खेल्न गएका अदानचुली २ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन ।
बिहान अदानचुली २ कै गल्फागाड खोलाबाट जाल खेल्न शुरु गर्दै गएका बुढा हुम्ला कणर्ालीको रैसेडीे भन्ने स्थानमा कणर्ाली नदीमा परेर बेपत्ता भएको बुढाको खोजी कार्यमा रहेका गल्फगाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कुमार प्रसाद गिरीले जानकारी दिनुभयो ।
जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लीएका बुढा कता डुबे भन्ने पत्तो नभएको बताइएको छ । उनि हराएदेखि तिब्र रुपमा खोजि कार्य भएपछि कतै पत्ता लागेको छैन ।
घटना सार्वजनिक हुने बित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले कणर्ाली नदीको किनारमा खोजि गरिरहेको भएपनि अहिलेसम्म केहि नभेटिएको बताइएको छ ।
बर्षा याम सुरु भएका कारण कणर्ाली नदिमा पानीको बहाब बढेका कारण पनि खोजि कार्यमा केहि समस्या थपिएको स्थानीयले जानकारी दिएका हुन । कणर्ाली नदिमा बेपत्ता भएकाको खोजि कार्यका लागि आवश्यक उद्धार सामाग्री नभएका कारण पनि थप समस्या भएको बताइएको छ ।
बुढा बेपत्ता भए पछि खोजी कार्यमा नेपाल प्रहरीलाई साथ दिन उनका आफन्त समेत गल्फागाड तिर प्रस्तान गरेका छन ।