हुम्लाको अदानचुलीमा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल


श्रीनगर । हुम्लाको अदानचुली गाउपालिकामा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल गरिएको छ । अदानचुली गाउपालिका वडा नम्बर २ की १४ बर्षिया बालीका र वडा नम्बर ३ का १६ बर्षिय एक बालकले भागी बिवाह गरे पछि छलफल सुरु भएको हो । माईती पक्ष पौइली गल्फागाड व्रहरी चौकी श्रीनगर र अन्य नागरीकहको ृपस्थितमा प्रहरी चौकीमा बसी छलफल गरिएको जानकारी प्राप्त भएको छ । उनिहरुले मंगलबार राती भागी बिवाह गरे पछि माईती पक्षले गल्फागाड प्रहरी चौकी श्रीनगरमा निवेदन दिए पछि आज छलफल गरिएको गल्फागाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कुमार गिरीले जानकारी दिनु भएको छ ।

उनिहरुको मन मिलेर मंगलबार राती बिवाह गरेको भए पनि उमेर नपुगी बिवाह गरेको भन्दै माईति पक्षले निवेदन दिएको जानकारी प्राप्त भएको छ । नेपालको कानुन अनुसार बाल विवाह“ भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँने गरेको छ ।

सामान्यतया १८ वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ । नेपालको कानुन अनुसार बालबालिका दुबैको लागि २० वर्ष पुगिसकेपछि विवाह गर्न उपयुक्त उमेर भनि तोकिएको छ । यसैमा उनिहरु मध्य दुबै जनाको उमेर नपुगेकोले बिवाह गर्न प्रहरी चौकीले रोक लगाएको हो । सरकारको मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्दा हुने कानुनी सजाय उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने ब्याबस्था गरिएको छ । साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ । विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ ।

बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६६ (२) (ण) अनुसार बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ । र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दश (१०) बर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित हुन, वा निर्वाचित हुन पानपाउने समेथ.तको बयाबस्था गरेको छ । विवाह गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो तर कम उमेरमा विवाह गर्नु,गराउनु जीवन र लक्ष्यको बर्वादी गर्नु हो ।

कुनै पनि बालबालिकालाई बाल विवाह, हिंसा, यौन शोषण, दुर्व्यवहार, श्रमशोषण, दुर्घटना, ओसारपसार, अपहरण, जोखिम, अपल, हराएमा वा कानूनी तथा मनोसामाजिक सहयोग चाहिएमा नेपाल सरकारको बाल हेल्पलाइन (दश नौ आठ) १०९८ वा नेपाल प्रहरीको नं. १०० मा फोन गर्न समेत अनुरोध गरिएको छ । आज भने आफुले चौकीमा बाल बिवाह सम्बन्धी मुद्या दाएर गरेको भएपनि उनिहरु दुबै जनाको उमेर नपुगेको हसनालै दुबै जना आ आफ्नो घरमा बस्ने तर उमेर पुग्यो भने उनिहरुले चाहे बिवाह गर्न सक्ने गरी मिला पत्र भएको छोरीका बुवा दत्त सुनारले जानकारी दिनु भएको छ । यस्तै छाराका आमा नानीमाया भियालले आफुले पनि आफुर छारी पक्ष कसैले बिवाह नगरी दिएको र उनिहरु आफैले बिवाह गरेकोले नेपाल सरकारको कसुर अनुसारनै आफुले मिला पत्र गरेको बताउनु भएको छ ।

मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्र्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनपर्दछ । यसका लागि प्राय सवै मुलुकहरूले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन् । नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ ।

बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एसियामा नेपाल बंगलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संंख्यात्मक रूपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रूपमा देखिएका छन । बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन् ।

विशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाह ले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्ल्ंघनको शृङ्खला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ ।

बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न गुगेको छ ।

प्रकाशित मितिः     २८ बैशाख २०८०, बिहीबार १८:१६  |