अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन


हुम्ला । अदानचुली गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगायतका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, ससस्त्र प्रहरी नायव उपरिक्षक शंकरसिह धामी,प्रमुख अनुसन्धान अधिकृत सत्य नारायण रावत,इलाका प्रशासक भिमबहादुर रोकाया लगायत गायपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिको उपस्थितमा गाउपालिकाको सभागृह हलमा कार्यक्र गरिएको हो ।

गाउँपालिकामा शान्ती सुरक्षाको अवस्था कस्तो रहेको छ, स्थानियवासीले जिउ ज्यानको सुरक्षाको अनुभुती गर्न सकेका छन वा छैनन् गाउँपालिकामा अबैध कारोवार हुने गरेको छ वा छैन, मधिरा सेवन गरी गाउँ समाजमा हो हल्ला, घरेलु हिंसा जन्य कार्यहरु हुने गरेका छन् वा के छ भन्ने बारेमा अन्तरक्रिया गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले जानकारी दिनु भएको छ ।

अदानचुली गाउँपालिकाले संचालन गरेका योजनाहरु गुणस्तरिय ढंगले निर्माण भएका छन वा छैनन्, सेवा लिदा स्थानियले दुःख हैरानी खेप्नु परेको छ की छैन भन्ने विषयमा पनि छलफल भएको छ । यस अघि जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा नेतृत्वको टोलीले खार्पुनाथ र सर्केगाड गाउँपालिकामा पनि भेटघाट तथा अनुगमन, अन्त्रक्रिया गरेको वुझिएको छ ।

टोली गाउपालिकामा पुगे लगत्तै जनप्रतिनिधि र कर्मचारीले टसी खादाले स्वागत गरेका हुन । बैठकमा अदानचुली गाउपालिका भित्रका वडा अध्यक्षहरुले जग्गाको बिषयमा नागरीकले धेरै सास्ती खेपेको भन्दै बर्ष एक पटक भए पनि गाउमै नापी भिभागको टोली पठाईदिन,गाउपालिकामा रहेका शिक्षकका रित्त दरबन्दी छिटो पदपुर्ति गरिदिन,साबिकको कालीका गाबिसमा अस्थाई प्रहरी पोष्ट राखिदिन,गल्फागाडमा रहेको इलाका प्रहरी कार्यलयमा प्रहरी निरिक्षक राखिदिन प्रजिय पौडेल र प्रनाउ भटराईलाई अनुरोध गर्नु भएको छ । टोलीले गाउपालिकामा भएका सिमा समस्याको एक रुपण गरेर जिल्लामा लैजाने भएको छ ।

प्रकाशित मितिः     १२ बैशाख २०८०, मंगलवार २०:३६  |