हुम्ला । ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर सबै वडामा खटाएको छ । गाउपालिकाका अध्यक्ष लालकेश जैसी अध्यक्षतामा बसेको बैठकले उत्त वडामा खटिने स्प्रे मेन र सुपरभाईजरलाई १५ दिनको करार नियुत्ती दिई खटाइने भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिनु भएको छ ।
उहाका अनुसार बिगत ४ बर्ष देखी गाउपालिकाको सबै वडामा मलरीया औलो रोगका बिरामी देखा परेकाले रोग र लामखुट्टे नियन्त्रणका लगी आज देखी १५ दिन सम्म पालिकाका ३ हजार १ सय ५० घर,कटेरा,टवाईलेटमा औषधी छर्केर नियन्त्रण गर्ने भएको हो ।
पालिकाका वडामा देखिएको औलो नियन्त्रणका लागी गाउपालिकाले परिक्षण गरी नेपाल सरकारको इपिडियोमियालोजी रोग नियन्त्रण महाशाखाको निर्देशन अनुसार पालिकामा औषधी छर्किन लागिएको हो ।
उत्त औषधीका लागी इपिडियोमियालोजी रोग नियन्त्रण महाशाखा र सेफ द चिल्ड्रेनको आर्थिक सहयोग गाउपालिकाको प्राबिधिक सहयोगमा नियन्त्रण गर्न लागिएको बताउनु भएको छ । सरकारले ६ बर्ष देखी औलो नियन्त्रण गर्न २०२५ सम्मको लक्ष्यलाई पुरी गरी सो कार्यलाई निभाउनगाउपालिकाको स्वास्थ्य शाखाको बिषेश पहलमा नियन्त्रण अभियान संञ्चालन गरिएको छ ।
यसका mागी नेपाल सरकारले पनि अबको २ बर्ष भित्र देशभर औलो नियन्त्रण गर्ने लक्ष लिएको छ ।