हुम्ला । अदानचुली गाउपालिकाको एक मात्र बोडिङ स्कुल माउण्ट एभरेष्ट इ·लिस बोडिङ स्कुलको दोस्रो स्थापना तथा १७ औ लोकतन्त्र दिवसमा आयोजित हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
स्कुल औपचारीक रुपमा स्थापना भएको लामो समय भए पनि संञ्चालन गरेको एक बसन्त पार गरी दोस्रो बसन्तमा प्रबेश गरेको अबसरमा सुर्याेदय माबिमा आज एक कार्यक्रम गरी दोस्रो स्थापना दिवस मनाएको सहायक प्रिन्सिपल राजु पार्कीले जानकारी दिनु भएको छ ।
उहाका अनुसार कार्यक्रम बिद्यालय ब्याबस्थापन समितिका कार्यबाहक अध्यक्ष चित्र भण्डारीको सभा अध्यक्षतामा,अदानचुली गाउपालिकाका अध्यक्ष मोहन बिक्रम सिह,निमित्त प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाही,२ नम्बरका वडा अध्यक्ष नन्द महतारा,४ नम्बर वडा अध्यक्ष मनरिसि पाण्डे,५ नम्बरका वडा अध्यक्ष कमल बहादुर छत्याल लगायत बिद्यालयका प्रधानाध्यापक,राजनितिक दलका नेता बिद्यार्थी लगायत अबिभावकको उपस्थितमा कार्यक्रम संञ्चालन भएको हो ।
स्कुलले स्थापना दिवसको अबसर पारी संञ्चालन गरेको आधारभुत बिद्यालय स्तरीय हजीरी जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ ।
पालिकाका १७ आधारभुत बिद्यालय मध्यक्ष १० बिद्यालयले सहभागी जनाएको १ सय प्रश्न रहेको हाजीरी जवाफ प्रतियोगितामा आयोजक माउण्ट एभरेष्ट इ·लिस बोडिङ स्कुल २१ अंक ल्याएर प्रथम भएको छ ।
यस्तै अदानचुली २ मा अबस्थित मष्टादेब प्राथमिक बिद्यालय १४ अंक ल्याएर दृतिया भएको छ भने अदानचुली ४ को बिगोठी स्थित जनप्रिय आधारभुत बिद्यालयले १३ अंक सहित तृतिया भएको छ ।
यस्तै ११ अंक सहित अदानचुली ५ को हिमालचुली आधारभुत बिद्यालय सान्त्वना भएको हो ।
उत्त प्रतियोगितामा प्रथम हुने बिद्यालयका उपस्थित बिद्यार्थीलाई ३ हजार नगद,प्रमाण पत्र,झोला सहित स्टेशनरीका सामान दिइएको छ भने दृतिया हुने बिद्यालयका बिद्यार्थीलाई २ हजार नगद,प्रमाण पत्र,झोला सहित स्टेशनरीका समान तृतिया हुने बिद्यालयका बिद्यार्थीलाई १ हजार नगद,प्रमाण पत्र,झोला सहित स्टेशनरीका सामान सान्त्वना हुने बिद्यालयका बिद्यार्थीलाई स्टेशनरीका सामान दिइएको छ ।
एक सय वटा प्रश्न मध्ये ५० नेपाली र ५० अंग्रेजी विषयका प्रश्नहरु सोधिएको थियो भने माउण्ट एभरेष्ट इंलिस बोर्डिङ स्कुल समेत प्रतियोगी विद्यालयका रुपमा सहभागि भएको प्रतियोगितामा अदानचुली गाउापालिकाको शिक्षा शाखाले प्रश्न तयार गरेको थियो ।
उत्त कार्यक्रमलाई सम्बोधन गर्दै अदानचुली गाउपालिकाका अध्यक्ष मोहन बिक्रम सिहले कार्यक्रममा भएको खर्च मध्यबाट आफ३नो ब्याक्तिगत तर्फबाट १० हजार सहयोग गर्ने प्रतिबत्ता ब्यात्त गर्नु भएको छ ।