बाली फस्टाउने देखी हावाहुरी र रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली


हुम्ला । खेतमा लगाइएको बाली नाली देखी हावाहुरी संगै रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली दिइएको छ । परापुर्व काल देखी दिईदै आएको राँगाको बली आज पनि दिइएको हो ।
हरेक वर्ष रोगब्याथा बढेको अबस्थामा राँगालाई सबै गाउँ घुमाउँदै गल्बाको दवा भन्ने ठाउँमा बली दिने परम्परा अनुसार आज पनि महतारागाउको माझखाडाबाट सुरु गरी भण्डारी गाउँ,फडेरागाउँ हुँदै रोकाया गाउँघुमाउदै रागाको ढाडमा रातोमाटो ढटेलोको झुप्रा हान्दै खेदेर दवा पुर्याइ बलि दिएका हुँन ।
उत्त बली दिने ठाउमा पुराउन अघि भण्डारी गाउमा रहेको कालेको देवालयमा नाक कान काटी गल्बाको गाउ घुमाउदै बली दिएको छन । बली दिन अघि रागोको ढाडमा हान्ने काडाको झप्रा सिङमा बाध्ने बिभिन्न अन्न राखिएको कुरीटोलाई आफ्नो घरमा घुमाई राग संगै चौबाटोमा फाल्ने प्रचलन रही आएको छ ।
यस्ले गर्दा गाउमा फैलिएको रोग भोक तथा अनिष्टको अन्य हुने बिस्वास गरीएको छ । आज पनि दवा भन्ने ठाउमा गल्बाका युवाहरुले हातमा तरवार खुडा जस्ता हतियार लिएर लाईनमा उभिई रागाको बली दिएका हुन ।
उत्त ठाउमा रागालाई जहा लागे पनि धारीला हतियारले हान्ने प्रचलन रही आएको छ । परापुर्ब काल देखिनै रागाको बली दिने उत्त ठाउमा बली दिनको लागी सबै नागरीकहरु उपस्थित हुने प्रचलन छ ।
प्रचलन अनुसार गाउमा भएका सबै नागरीकहरुले रागा खरीदका लागी (काछो) अर्थात पैसा उठाउने चलन रहेकोमा यस बर्ष भने २ नम्बर ३ नम्बर वडाले खरीद गरेको नागरीले बताएका छन । रागाको बली दिने ठाउमा गत बर्ष भन्दा यस बर्ष मानिसको बाक्लो उपस्थित रहेको थियो ।

प्रकाशित मितिः     ९ बैशाख २०८०, शनिबार १९:४४  |