समाचार प्रभावः स्वास्थ्यक्रमीले तलब नपाउँदा स्वास्थ्य इकाइ बन्द


रेडियो श्रीनगर एफ एमले शनिबार प्रसारीत समाचारको बिषयलाई लिएर आइतबार गाउँपालिकामा छलफल भएको छ । गाउँपालिकाका उपाध्यक्ष,वडाअध्यक्षहरु,प्रमुख प्रसासकिय अधिकृत, स्वास्थ्य शाँखा प्रमुख सहित अन्य नागरीकहरुको उपस्थितीमा आइतबार दिउसो गाउँपालिकामा छलफल भएको छ ।

शनिवारका दिन वडा नम्बर ४ मा रहेको रिल्म बिगोठी स्वास्थ्य ईकाई अस्तब्यत रहेको भन्दै सोही गाउँका ५७ जनाको उपस्थीतीमा स्वास्थ्य सेवाको सन्दर्भमा उठायको विषय लाई गम्भिर रुपमा लिएर ७४ ।७५सम्म राम्रै सेवा पाएको बताउदै पछिल्लो कार्यकालको सरकारले चासो नदेखायको भन्दै ध्यानाकषण हुनु पर्ने माग गरेको भन्ने समाचार प्रशारित भएको थियो । सो समाचारको बिषयलाई लिएर आज उपलब्ध वडा अध्यक्षहरु सहितको छलफलमा मंसिर सम्म निरन्तर रुपमा सञ्चालन आएको तर त्यस भन्दा पछि भने पनि केही समय खोलीए पनि आंसिक रुपमा बन्द भएको गाउँपालिकाले स्वीकार गरेको छ ।

तर दोस्रो कार्यकालका जनप्रतिनिधिहरु आए देखीनै अस्तब्यस्त रहेको भन्ने कुरा राजनितिक प्रतिसोधकै आधारमा भनिएको ठहर गरको छ । जो सुकै स्थानीयले यस्तो भने पनि मंसिर सम्म भने निरन्तर रुपमा सञ्चालन हुँदै आएको स्वास्थ्य ईकाईको रेकर्डले देखाएकाले बताएका छन् तर मंसिर भन्दा पछि भने त्यहाँका स्वास्थ्य इकाई इन्चार्ज भक्त थापा आफुले १८ महिना सम्म पनि तलब नपाएको र साउन देखी यता नियुक्ती समेत नदिएकाले आफु आयोगको लागि तल झरेको स्वीकार गर्नु भएको छ ।

यतीबेला उक्त स्वास्थ्य ईकाई बन्द रहेकाले तत्काल कोही न कोहीलाई अबको एक दुई दिनमा छलफल गरी पठाउने र बन्द हुन नदिने कुरामा सहमती पनि भएको छ ।

प्रकाशित मितिः     १३ फाल्गुन २०८०, आईतवार १८:३७  |