मुख्यमन्त्री रोजगार कार्यक्रमको घरधुरी छनौटमा किन विबाद ? (आवाज सहित)


मुख्यमन्त्री रोजगार कार्यक्रमको घरधुरी छनौटमा विबाद आएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रममा नाम समाबेश भएका श्रमीकहरुको ज्याला प्रत्येक नागरीककै खातामा जाने भएकाले पनि हरेक नागरिकहरु सामाजीक सुरक्षा भत्ता र रोजगारीका कार्यक्रमलाई बिशेष निगरानी गर्ने गरि रहेका छन् हरेक वडामा वडाले योजना छनौट गर्ने र श्रमीकहरु पनि वडाले नै छनौट गर्ने भएकाले यसमा वडा सरकार प्रत्येक्ष रुपमा जोडीएको हुँने गदर्छ सोही अनुसार यतिबेला वडामा घरधुरी छनौट गरी योजनाहरुमा काम गर्न सुरु गरी सकेको अबस्थामा बिभिन्न वडामा यसको विवाद आउन थालेको छ हिजो मात्र वडामा नामहरु छनौट गरेको वडा नम्बर ४ को रिल्म देखी भडारपानी सम्मको बाटो निमार्ण योजनाहरुको श्रमीकहरु छनौटमा मनोमानी भएको भन्दै बिगोठिका २५ जनाको हस्ताक्षर सहित आज गाउँपालिकामा डेलीकेसनमा आएका छन् ।

गरिब पिडितहरुको नामहरु राख्नु भन्दा गाउँपालिकामा कार्यरत क्रमचारीका दुबै श्रीमान् श्रीमतीको नाम राखीएको, सेवा क्षेत्र भित्रका नागरीक हुँदा हुँदै पनि अन्य गाउँका नागरीकहरुको पनि नाम समाबेश गरीएकाले तत्काल उक्त काम रोकी दिन भन्दै न्यायिक समितिको कार्यालयमा उजुरी दिएका छन् तर सोही वडाका कम्प्युटर अप्रेटर छबीलाल थापाले भने यो अन्तीम नामावली नभएकाले खाली बिरोधको नाममा विरोध गरी बखडा झिक्न खोजेको आरोप लगाउँदै भन्नु भयो………
छबीलाल थापा

यता वडा सचिब बालकृष्ण सन्ज्यालले पनि कम्प्युटर अप्रेटरकै भाषमा खास बास्तवीक रुपमा नछानेको तर यि घरधुरी समाबेश गर्दा के हुँन्छ भन्दै प्रसताव गरी दाबी बिरोधको लागि पठाएको दाबी गर्दै भन्नु भयो…………..
बालकृष्ण सन्ज्याल

यती बेला वडा अध्यक्ष जिल्ला बाहिर भएको भए पनि नाम छनौट गरेर आफुलाई पठाउनु भनेको छु तर अहिले म बाटोमा भएकाले हेर्न नपाएको र बास्तबीक के हो बुझ्न नपाएको प्रतिकृया दिदै सोही वडाका वडा अध्यक्ष मनरीसी पाण्डे…………..

प्रकाशित मितिः     २६ बैशाख २०८१, बुधबार ०७:३८  |