हुम्लाको अदानचुली गाउँपालिकाले ३३ करोड ४३ लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया ले ३३ करोड ४३ लाख मध्ये चालु तर्फ १९ करोड ८ लाख २० हजार र पुँजिगत तर्फ ९ करोड ४७ लाख ४ हजार रुपैया बिनियोजन गरेको बताउनु भयो यसैगरी नेपाल सरकारबाट ससर्त अनुदानबाट प्राप्त ११ करोड २५ लाख ६० हजार रुपैया बजेट विनियोजन गरीएको बताए ।
उपाध्यक्ष रोकाया द्धारा प्रस्तुत बजेट बक्तब्यमा आर्थिक विकास तर्फ ४ करोड ४२ लाख ५० हजार,सामाजिक विकास तर्फ ११ करोड ५० लाख, पुर्वाधार विकास तर्फ ७ करोड ५१ लाख ५९ हजार ७ सय, वन वातावरण तथा विपदव्यबस्थापन तर्फ १८ लाख २२ हजार ३ सय र कार्यलय सञ्चालन तथा संस्थागत विकास तर्फ रु ९ करोड ८० लाख रुपैया विनियोजन गरेको बताउनु भयो ।
यसै गरी दौमुख तटबन्दन समपुरक योजनाको म्याचिङ् फण्डमा १ करोड,बुका खोला देखी काट्याखौला सम्म सडक निमार्णको लागि १ करोड, मेहलगइड देखी रिल्म सडक निमार्णको लागि ३८ लाख ५९ हजार ७ सय रुपैया, अदानचुली गाउँपालिका भरी सडक म्रमतको लागि लागि ४८ लाख, अध्यक्षपुजिगत कार्यक्रम ४० लाख तथा उपाध्यक्ष पुजिगत कार्यक्रम ३५ लाख,२ नम्बरको सडक म्रमत तथा स्तरउन्नतीको लागि २० लाख, वडा कार्यालयको पुँजिगत ६० लाख,सुर्योदय माध्यामिक विद्यालय शिक्षकको तलबको लागि ५ लाख ६८ हजार र गाउँपालिकाको टहरा निमार्णको लागि २० लाख रकम बिनियोजन गरेको बताउनु भयो ।
निति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम अध्यक्ष मोहनबिक्रम सिंहले प्रस्तुत गर्नु भएको छ भने गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले चालु र पुँजिगत गरी जम्मा ३३ करोड ४३ लाख २ हजारको बजेट प्रस्तुत गर्नु भएको छ । आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम मार्फ गाउँपालिकाका अध्यक्ष सिंहले यसै वर्ष एक घर धारा निर्माण गरिने छ भने यसै वर्षबाट गाउँपालिकाको प्रशासकिय भवन,वडा कार्यालयका भवनहरु तथा १५ सैयाको अस्पताल निमार्णको थालनी गरिने बताउनु भयो ।