शैक्षिक गुणस्तर सुधारका लागि संचालक समितिको क्षामता अभिबृद्धि सम्बन्धी २ दिने कार्यशाल गोष्ठिको उद्धघाटन भएको छ । अदानचुली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाँखाका प्रमुख मनदत्त् ढकालको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा सबै बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्षता तथा प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रमको उद्धघाटन गरिएको छ ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा शैक्षिक गुणस्तर कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको शाँखा प्रमुख ढकालले बताउनु भएको छ । उक्त कार्यक्रममा मन्तब्य राख्दै सामुदायिक बिद्यालय महासंघका केन्द्रीय सचिब समेत रहेका कैलाशपुरी माध्यामिक बिद्यालयका अध्यक्ष रामबहादुर टमटाले अबिभाबकहरुमा पढ्नु पर्छ भन्ने कन्सेप्ट भए पनि विद्यार्थीहरुमा नै पढ्नु पर्छ भन्ने भावना नभएको बताउनु भयो । वडा नम्बर २ का वडा अध्यक्ष नन्द महताराले पहिले जस्तो अहिलेको शिक्षा प्रभावकारी नभएको बताउँदै हामीले शिक्षक र अबिभाबकहरुले शैदान्तीक शिक्षासँगै ब्यबहारीक शिक्षालाई प्राथामीकता दिनु पर्ने हरेक विद्यालयहरुलाई गाउँपालिकाले पनि सहयोग गर्नु पर्ने बताउनु भयो ।
यसै गरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले वि ब्य स भनेको बिद्यालयको गुरु भन्दा पनि विद्यालयको मालिक भएकाले विद्यालयलाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा तपाइहरुमा डिपेन्ट रहने भएकाले सबै आ आफ्नो क्षेत्रबाट शैक्षिक गुणस्तरको लागि निरन्तर लागि पर्नु पर्ने बताउनु भयो यसै गरि गएको गाउँसभामा हामीले शिक्षाको क्षेत्रमा धेरै लगानि गर्न नसके पनि सुर्योदय माध्यामिक विद्यालयमा विज्ञान विषयको लागि शिक्षक लगायत अन्य क्षेत्रमा पनि लगानि गरेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले दारु खाने शिक्षक, भाँगो खाने विद्यार्थी हाम्रो ठाउँमा छन् हामीहरुले कुराहरु गर्नु भन्दा पनि काम गर्नु पर्ने बताउनु भयो उहाँले हाम्रो शिक्षा गुणस्तर नभएकाले यसलाई गाउँपालिकाले गहन रुपले सोचीरहेको बताउनु भयो उहाँले शिक्षा विग्रीएको नभई आमी सबै बिग्रीएको बताए ।
यता अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले राज्यले ठुलै लगानि गरेता पनि शैक्षिक गुणस्तर खस्कीदोक्रममा रहेको बताउनु भयो उहाँले सबै भन्दा ठुलो ज्ञान हो सबै धेरै जिपिए ल्याउने बिद्यार्थीहरु अधिकांस बाहिर अध्ययन गरेर यहाँ भर्ना गरीएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले शिक्षा दान नभइ अधिकार भएको बताउनु भयो साथै भर्खरै सम्पन्न गाउँसभाले ल्याएको निति तथा कार्यक्रममा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्नु अनुरोध गर्नु भएको छ । केहि बिद्यालयमा कार्यरत कोही शिक्षकहरु निरन्तर खटीरहेका केही शिक्षकहरु आ आफ्नो पेशा व्याबषायलाई प्रथामीकता दिएको बताउँदै भन्नु भयो ।
कार्यक्रममा सुर्योदय माध्यामिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रतिभा बुमी,सामुदायिक विद्यालय महासंघ अदानचुलीका अध्यक्ष नैनबहादुर छत्याल लगायतका बक्ताहरुले बि ब्य स अध्यक्षहरुलाई सुझाब दिनु भएको छ ।