नसालु औषधी खुवाइ लुटेर फरार ३ जना मध्ये १ जना पक्राउ


होटलमा नषालु पदार्थ खुवाई चोरी गरेर यहि अषाढ ९ गते राती ८ बजे देखी फरार रहेका ३ जना मध्ये १ जनालाई हिजो पक्राउ गरेको छ ।

हुम्ला जिल्ला सर्केगाड गाउँपालिका ६ स्थीत हरीबहादुर रावतको नाम भएको होटलमा सुनाखाडाका नेपाली आर्मी हौँ भन्दैँ अपरिचित ३ जनाले २ जनालाई कोकमा नसालु पदार्थ मिलाई सो पसलमा भएका नगद सहितका सामाग्रीहरु चोरेर फरार भएका थिए । ९ गते राती सोही पसलका साहु नेत्रबहादुर सिंह र छोरी जौमती सिंहलाई कोकमा उत्तः नसालु औषधी सिाई गल्लामा भएका पैसा सहित अन्य सामाग्रीहरु समेत लुटेर फरार भए पछि सर्केगाड प्रहरी चौकीको टाली निरन्तर अनुसन्धानमा रहेको र सोही अनुसन्धानको लागि सोरुबर्मा प्रहरी चौकीका इन्र्चाज चक्र बुढालाई उनुसन्धानको लागि खटाएकोमा हिजो गोरपालीको एक घरमा सुति रहेको अबस्थामा पक्राउ गरेको इन्चार्ज बुढाले बताउनु भएको छ ।

केहि दिन देखी उक्त अपरिचित ब्यत्तिः बैंकको वरी परी नेट चलाएर बस्दै आएकोले आफ्नो टोली निरन्तर अनुसन्धामा रहेको बताएका बुढाले गोरपालीमा घर भएका एक जना उक्त फरार टोलीमा रहेको र यांङचु प्रहरी चौकीको सिसि क्यामेराको फुटेजमा उनको अनुहार जस्तै देखीएकाले उनको घरमा जाँदा दैलेख घर भएका सुमन पुनमगरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको बताउनु भएको छ । उसलाई पक्राउ गरीरहेको अबस्थामा उनिहरु तल खोलामा नुहाइरहेको र त्यहाँकी एक जना नानीले खबर दिए पछि उनिहरु पारी ठाना हुँदै २ जना भागेको बताएका छन् उनिहरु २ जनाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्त नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।
यता पक्राउ परेका पुन मगर सहित १९ हजार रुपैया, ७ पोका नसालु औषधी समेत बरामत भएको छ गोरपालीका विकास नामका एक जना सहित २ जना फरार रहेकाले उनिहरुको खोजी कार्य गर्नको लागि जिल्ला प्रहरी कार्यालय सहित मातहतका प्रहरी चौकीहरु गल्लाफागाड प्रहरी चौकी,कवाडी प्रहरी चौकी,बालुकुना प्रहरी चौकी र सर्केगाड प्रहरी चौकी निरन्तर खटी रहेको बताउनु भएको छ ।

प्रकाशित मितिः     १६ असार २०८१, शनिबार १९:२५  |