मुगुको भिईमा मिनिग्रेट बन्दै, ३ सय बढी घरुधुरी उज्यालोको पहुँजमा जोडिने


श्रीनगर । मुगुको सोरु गाउँपालिकाको वडा नम्बर ३ भिईमा १ सय १० किलो वाट क्षमताको मिनिग्रेट जडानको काम शिलान्यास गरिएको छ । पालिका केन्द्र लगायतका अन्य केही ठाउँका नागरीक सौर्य उर्जा देखी जल बिद्युत सम्मको लाभ पाएको लामो समयभएपनि ३ नम्बर वडाको कुनैपनि क्षेत्रबाट जल बिद्युत उत्पादनको स्रोत नभएपछि उज्यालोको पहँुचमा जोडिन सोही क्षमताको मिनिग्रेट भवनसँगै जडान कार्यको शिलान्यास गरिएको हो ।
कुल ७ करोड ८३ लाख लागतमा बन्न लागेको उत्त क्षमताको मिनिग्रेटमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत लगानी गरेको स्थानिय जलेश्वर धामीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाँकी लगानी कर्णाली प्रदेश सरकार र सोरु गाँउपालिकाले गरेको छ । उक्त मिनिग्रेट ३ नम्बर वडाको काँद् भन्ने ठाउँमा राखिएको बताईएको छ ।
मिनिग्रेटकालागि आवाश्यक सामाग्री मध्यको ३७ पिस सोलार पाता सहितको अन्य सामाग्री भिईमा पुगिसकेको र बाँकी सामाग्री मुगु जिल्लाको सदरमुकाम गमगढीमा आई पुगेको भन्दै वडा नम्बर ३ का वडा अध्यक्ष सिंग बहादुर धामीले बुधबार सिलान्यास गरेको स्थानिय धामीले बताउनु भएको छ ।
उत्त मिनिग्रेटका लागि आवाश्यक पर्ने भवन निर्माणसँगै मिनिग्रट जडान काम समेत थालिने प्राबिधिक टोलिले बताएको छ । केही दिन अगाडी मात्र सर्भे गरेको प्राबिधिक टोलीले मिनिग्रेटका लागि उपयुत्त ठाँउ काँद् भन्ने ठाउँलाई ठम्याएछि सोही ठाँउमा बन्न लागेको पाइएको छ । सोही मिनिग्रेटबाट वडाको ३ सय २५ घरधुरी लाभम्वित हुने भएको छ । मिनिग्रेट जडानको काम मंसिरको दोस्रो साता सम्म सकिने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मितिः     १० श्रावण २०८१, बिहीबार २२:०९  |