श्रीनगर । आर्थिक वर्ष सकिएको आधा महिना विति सक्दा पनि योजनाहरुको रकम पाउन नसकेको गुनासो आउन थालेको छ । गाउँपालिकाले सम्बन्धीत उपभोक्ता समितिको खातामा रकम जम्मा गरीसके पनि बैंकमा पैसाको अभाब हुँदा उपभोक्ता समितिले पैसा भुक्तानी नहुँदा नागरिकहरुले अहिले सम्म पैसा नपाएको बताएका छन् यता सामाजीक सुरक्षा लगायतका रकमहरु पनि एक दिनमा १० हजार भन्दा धेरै निकासा रकम बैंकले नदिएपछि सामाजीक सुरक्षाको रकम पनि सबै लिन नसकेको बताएका छन् ।
अदानचुलीमा भएको बैंक भित्र उभिने समेत ठाउँ नभई गर्मिले समेत बस्न नसकिने गरी सेवाग्राहीको भिड देखीएको छ । तर ग्लोबल आइएमइ बैंक अदानचुली शाँखाका प्रबन्धक कृपाराज भट्टका अनुसार सामाजीक सुरक्षाको बाहेक अन्य योजनाहरुकोमा आवश्यकताको आधारमा १ लाख सम्म दिने गरी रहेको बताउनु भएको छ तर सामाजीक सुरक्षाको भत्ता भने १० हजार सम्म दिने गरेको बताउनु भएको छ । नागरीकको गलत बुझाई अनुसार सामाजिक सुरक्षा भत्ताको रकम ६ महिना सम्म खाताबाट फिर्ता जाने भन्दै सबै रकम झिक्ने गरेको भन्दै १० हजार भन्दा बढी रकम नदिने गरेको बताउनु भएको छ ।
यता बैंक चार्टर गर्न पनि धेरैनै खर्च लाग्ने भएकाले यहाँ जम्मा भएको पैसा आवश्यकताको आधारमा भुक्तानी गरीरहेको बताउँदै अहिले धेरै योजनाहरुको रकम भुक्तानी भैसकेको बताउनु भएको छ । सकबर गाउँमा लगेर पनि खातामै जम्मा गर्न आउने भएकाले उपभोक्ता समितिले पनि खातामा जम्मा गर्नेहरु खातामा जम्मा गर्न आग्रह गरेको बताउनु भएको छ ।