श्रीनगर । बि सं २०७९ सालमा संघियता पछिको दोस्रो निर्वाचन भयो । सोही निर्वाचन सकिएसँगै सबै स्थानिय तहले ३ वटा बजेट ल्याएको भएपनि २ वटा बजेट कार्यान्वयन गरिसकेका छन भने चालु आर्थिक बर्षको बजेट कार्यन्वयनको चरणमा छ । तेही माथि प्रत्यक बर्ष स्थानिय तहले सार्वजनिक सुनुवाई गर्ने प्रबधान भएपनि हुम्लाको अदानचुली गाउँपालिकाले अहिले सम्म सार्वजनिक सुनुवाई समेत गरेको छैन ।
आइतबार बिहान रेडियो श्रीनगरको कार्यक्रम समय संवादमा बोल्दै अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले अडिटमा आफुलाई नबसाले बिश्वास नहुने बताउनु भएको छ । आफुले मिडिया मार्फत नागरीकलाई जानकारी हुने गरी गर्ने भनेको भएपनि गाउँपालिकाका अध्यक्ष र कर्मचारीहरुले अदानचुलीमा नभई बाहिर गर्ने भनिएको भन्दै उपाध्यक्षले बजेट ल्याउन हुने तर कहाँ कती बजेट खर्च भयो भन्ने जानकारी नहुने कस्तो सरकार हो कस्तो निति हो भन्दै अडिटमा आफुलाई नराखे हेपे जस्तो हुने भएकाले बिश्वास नहुने बताउनु भएको छ ।
उपाध्यक्ष रोकायाले थप्नुभयो अदानचुली गाउँपलिकाको अडिट अदानचुली गाउँपालिका भित्र तेहीपनि नागरीक समक्ष हुनु पर्ने र सिमकोट, कोल्टी, सुर्खेत जस्ता ठाउँमा नहुने बताउनु भयो । आफुले अडिटरलाई अदानचुली आउन अनुरोध गरेको हु । पिलिज एक चोटी हुम्ला आएके बेला अदानचुलीको भुगोल कस्तो छ ? यहाँको समाज कस्तो छ भने बुझ्न समेत अनुरोध गरे । अहिले सम्म पनि गाउँपालिकाले कुन रकम कति कहाँ खर्च गरेको छ भन्ने कुरा आफुलाई कुनै जानकार नभएको बताउनु भएको छ ।
नेपाल सरकारले नेपालको संबिधानको धारा २४ मा सुचनाको हक राखिएको जहाँ जुनसुकै नेपाली नागरीकले सरकारी कार्यलयमा गएर सुचना माग्न पाउने ब्याबस्था गरिएको भएपनि अदानचुली गाउँपालिकाले नागरीकलाई त उपाध्यक्षलाई समेत कुनैपनि जानकारी नदिएको पाइएको छ ।
गाउँपालिकाले सुचना नदिएको समयमा आफुलाई नागरीकले समेत सताउने गरेको भन्दै आफुले थाह पाएको खण्डमा मात्र अदानचुली बासीले जानकारी पाउने बताउने भएको छ । गाउँपालिको भित्र नयाँ बजेट सिलिङ आफ्नो हातमा परेको भएपनि खर्च कहाँ भन्ने कुरा थाह नहुने गरेको बताउनु भयो ।
पालिकाको आन्तिरक बिवादका कारण गाउँपालिका भित्रैका थुप्रै योजनाको बजेट फिर्ता भएको समयमा यो बर्ष आफुहरुले सल्लाह गरी नागरीकले गत बर्ष फ्रिज भएका योजनाको रकम भुत्तानी पाएँ गाउँपाकिलामा समेत बिकास भएको र काम गर्ने सन्धर्बमा मिलेको भएपनि यनिहरु मिलसके केही स्वार्थ गरेकी भन्ने नागरीकले आशंका गर्नु पर्ने आबाश्यक नभएको औल्याउनु भएको छ ।