सर्केगाडमा मिनिट्रक दुर्घटनाः ४ जना घाइते


हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका स्थीत थाहामा मिनिट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् शनिवार दिउसो करिब ३ बजेको समयमा सर्केगाड बजारबाट थाहा हुँदै सलिसल्ला जाँदै गरेको कर्णाली प्रदेश ०२९००१ क ००९५ नं. को मिनिट्रक दुर्घटनामा परेको हो ।

सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ को कर्णाली करिडोर अन्तर्गत थाहा स्थित सर्केगाड बजारबाट सरीसल्ला तर्फ जाँदै गरेको चंखेली गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष २५ को नयन बुढाले चलाएको उक्त मिनिट्रक ब्याक भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा मिनिट्रकमा सवार चालक सहित ४ जना घाइते भएका हुँन् ।

घाइते हुँनेमा चालक चंखेलीकै नयन बुढाको कम्मर भन्दा तलको भाग नचल्ने भएको छ भने अर्का घाइते मिनिट्रक साहुको छोरा सर्केगाड ८ फुचाका १५ वर्षिया महेश ऐडीको बाँया हात र खुट्टा फ्याक्चर भएको छ । अरु २ जना पनि ट्रकसाहुकै छोराहरु रहेका छन् अर्का १८ वर्षिया छोरा धनराज ऐडीको टाउकोमा सामान्य चोट लागेको छ भने अर्का १३ वर्षिया छोरा दिपेश ऐडीको पनि टाउकोमा सामान्य चोट लागेको सर्केगाड प्रहरी चौकीले जानकारी दिएको छ ।

घाईते चारै जनालाई उद्दार गरी सायाँ स्वास्थ्य चौकी सर्केगाडमा उपचार भैरहेको छ । गम्भिर घाइते भएका नयन बुढा र महेस एडिको अबस्था गम्भीर भयपछि ६ बजे साँया स्वास्थ चौकिबाट बाजुराको कोल्टिको लागि रिफर गरि बोलेरो जिप मार्फत कोल्टि पठाइएको र २ जना सामान्य घाइतेको साँया स्वास्थ्य चौकिमानै उपचार भइरहेको छ ।

प्रकाशित मितिः     १२ श्रावण २०८१, शनिबार २१:२७  |