हुम्ला । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहँदै र्आको छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन रहेको एक तथ्याङ्कले देखाएको छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनु भएको छ ।
साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । खासै ग्रामिण क्ष्ँेत्रमा भने खिर खाने अर्थात साउन १५ मोह रहेको छैन । नेपाली समाजमा परपुर्व कालदेखिनै मनाइदै आएके भएपनि ग्रामिण क्षेत्रमा पढे लेखेका, ब्याबसायी, सरकारी तथा अन्य कर्मचारी बाहेक अन्य नागरीकहरुले मनाउने भने गरेका छैनन् । पछिल्ला केही समयमा बिद्यालयहरुमा खिर खाने गरिएको भएवपनि अन्य नागरीक आफ्नो काममा ब्यस्त देखिने गरेका छन ।
यस क्षेत्रहरुमा यतिबेला गोड मेल देखि खेतबारीको काम अत्याधिक हुने भएकाले खिर खाने दिनको महत्व भने त्यति देखिदै । खासै यसको महत्व समेत नबुझेको यो समाजले यो दिनलाई किन मनाइन्छ भन्ने समेत थाह नभएको पाईएको छ । यस क्षेत्रमा सहरी क्षेत्र जस्तो दुध भन्ने किन्नु नपर्ने देखिन्छ प्रया जसो नागरीकले आफ्नै गोठमा पशु बस्त पाल्ने गरेका छन । नागरीकको प्रमुख पेसा भनेको कृषि भएकाले पनि बस्तु भाउ पाल्न बाध्य भएका हुन ।
खासै साउन महिनामा भगवान् शिवको महिना भन्ने गरिएको छ । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने तर यसको कुनै शास्त्रीय वचन भने नभएको पाइएको छ ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउने गरिन्छ ।
चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ। सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन रहेको छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
