शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)


श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकामा शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यकम गरिएको छ । पालिका भर भएका बिद्यालयलाई अघिल्ला दिनहरु भन्दा अगामी दिनमा लचिलो तबरले चुस्त दुरुस्त पार्ने भन्दै छलफलका लागि गाउँपालिकामा अन्तरक्रिया कार्यकम गर्नका लागि सरोकारवाला निकायलाई आवान गरेको हो ।

गाउपालिका निमीत प्रमुख प्रसासकिय अधिकृत सन्तोष बुमीको अध्यक्षतामा तथा गाउपालिका उपाअध्यक्ष कर्ण रोकायाको प्रमुख आथित्यमा अन्तरक्रिया कार्यक्रम भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मनदत ढकालले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सम्पुर्ण सरोकारवाला निकाय लाई आवान गरे पनि राजनितीकदलहरु उपस्थीत नभए पछि उपाअध्यक्ष रोकायले दल प्रति असनतुष्ट जनाउनु भएको छ । कार्यक्रममा बोल्दै एसईई जस्ता राष्«िटय बोर्डका परिक्षमा संघ संगठनको नामले निरीक्षक राख्न तयार हुने दलले आज सहभागीता हुन नसकको बताउनु भएकको छ ।

गत बर्षको माध्यामिक शिक्षा परिक्षा (एसइई) मा पालिका भित्रका ४ माध्यामिक तहका बिद्यालय मध्य १ माबि निल भयो भने अन्य माबिले समेत खासै राम्रो नतिजा नल्याएको औल्याउदै यस बर्ष कसरी बिद्यार्थीहरुलाई शैक्षिक ज्ञान दिन सकिन्छ भन्दै कार्यक्रम गरिएको पाइएको छ । यसमा कक्षा १० मा अध्यन गर्दै गरेका बिद्यार्थीहरुलाई अध्यन गर्न केही समस्या भएको होकी भेर पनि छलफल गरिएको छ ।

शैक्षिक गतीविधीमा सबैको चासो हुनु पर्नेमा सम्पुर्ण सरोकारवालाको उतीकै भुमिका रहेको बताउनु भयो नियम कानुनमा रहेर काम गर्न अधिकार सबैमा समान रहेकाले हुकुम बसको जमना नरहेको उल्लेख गर्दै प्रअहरुले विद्यालय प्रसासन र नियमीत विद्यार्थी सहभातीबारे कडाई गर्न निर्देशन दिनु भएको छ ।

प्रकाशित मितिः     १८ श्रावण २०८१, शुक्रबार २०:४०  |