हुम्ला । जिललाको अदानचुली गाउँपालिकामा संञ्चालित तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । फाइनल खेलमा बुढागाउँ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै आयोजक हिमालयन फुटबल क्लब प्रथम भएको हो ।
बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा हिमालयन युवा क्लब अदानचुली ३ ले गरेको फुटबल प्रतियोगिता एकादशिका दिन देखी सुरु भई ८ दिन सम्म संञ्चालन भएको थियो । प्रतियोगिता सोमबार सम्पन्न भएसँगै आयोजक प्रथम भएको हो । जस खेलमा आयोजकले प्रथम स्थान हासिल गरेसँगै ४५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप बिजेता बनेको बुढागाउँ फुटबल क्लबले २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।
प्रतियोगितामा जिल्लाका र जिल्ला बाहिरका गरी २८ वटा टिम सहभागी भएको खेल सोमबार सम्पन्न भएसँगै आजै पुरस्कार बितरण गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा गत बर्ष बिजेता बनेको श्रीनगर एफसिलाई १–० गोलको अन्तरले पराजित गर्दै मुगुको अनन्त स्मृति फुटबल क्लबल तृतिय स्थान हासिल गर्दै १० हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तृतिय भएको सोही टिमले पुरस्कार बितरण कार्यक्रम अगाबै आफ्नो पुरस्कार लिएर फर्किएको हो ।
प्रतियोगितामा उत्कृट खेलाडी बुढागाउँ एफ सिका उपेन्द्र बुढा भएका छन, सार्वधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षक हिमालय युवा क्लबका गोल रक्षक प्रकास फडेरालाई पुरस्कार बितरण गरीएको छ । सोही क्लबद्धरा नृत्य प्रतियोगिता समेत आयोजना गरी ५ वटा समुह बिचको प्रतिस्प्रधा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रम हिमालयन युवा क्लबका अध्यक्ष मिम फडेराको अध्यक्षमा, गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, अदानचुली स्थित राजनितक दल लगायत अन्य नागरीकहरुको उपस्थितमा सम्पन्न गरिएको छ ।