धनराज बुढालाई गाउको मुखियामा घोषणा(अडियो सहित)


अदानचुली ६ पाल्समा धनराज बुढालाई गाउँका मुखिया बनाएका छन् ।

हिजो मुखिया बनाएसँगै आज खुसीयाली मनाएका छन् यस अघि मुखिया रहेका बलबहादुर बुढाका छोरा धनराज बुढालाई हिजो बिजयादशमीका दिन सबै गाउँका जानमानहरु बसेर उनलाई गाउँको मुखिया घोषणा गरेका छन् उनलाई त्यहाँका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र गाउँका सबै जानमानले सर्बसम्मत मुखिया घोषणा गरेका हुँन् । उनलाई हिजो मुखिया घोषणा गरे लगत्तै उनको खुसीयालीमा देउडा चाँड्ची खेल्दै मासुभात (भाद्बाग्रो) खुवाएका छन् ।

पछिल्लो समय मुखीयाली बिस्तारै हटीसकेको अबस्थामा हिजो मात्र मुखीया बनेका धनराज बुढाले अब गाउँलेहरुले मुखीया बनाइ सके पश्चात थिती बन्द्याटी देखी लिएर जनप्रतिनिधिहरुको सहयोगमा गाउँको बिकासमा लाग्ने बताउनु भएको छ । आफ्नो बाजे र बुवाले पनि गाउँको सेवा गरेकाले अब आफुले पनि गाउँको सेवामा लाग्ने बताउनु भयो ।

अडियो

प्रकाशित मितिः     २७ आश्विन २०८१, आईतवार २०:४१  |