हुम्लाको अदानचुली गाउँपालिका स्थीत वडा नम्बर ४ मा रहेको कुकुरफल्ना जलविद्यत् आयोजना तिन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । २०७८ साल कार्तिकमा गएको बाढीले १३ सय मिटर लामो नहर बगाउँदा पुर्ण रुपमा बन्द रहेको उक्त लघु जलविद्युत आयोजना सोमबार साँझबाट सञ्चालनमा आएको विद्युत ब्यबस्थापन समितिका अध्यक्ष हस्तबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार सोमबारबाट पावरहाउस सहित केहि गाउँमा विद्युत विस्तार भैसकेकोे बताउँदै अबको केही दिनमा वडा नम्बर ४, ५ र ६ का अन्य गाउँहरुमा विस्तार बताउँदै भन्नु भयो…..
हस्त शाहीको आवाज १
अदानचुली गाउँपालिकामा २ वटा साना लघुजलविद्युत आयोजनाहरु भए पनि दुबै आयोजनाहरु बेमौसमी वर्षाका कारण तहस नहस भएका थिए २०७८ सालमा कुकुरफल्नाको र २०८० मा आएको बाढीले गोरपाली स्थीत मछारी जलविद्युत आयोजनाको पावरहाउस नै बगाएर लगेपछी अदानचुली गाउँपलिकाका सबै वडाहरुमा कतै सल्लाको दियालो त कतै सौर्य उर्जाबाट चलीरहेको छ यतिबेला कुकुरफाल्नाको विद्युत बलेपनि अदानचुली ४,५ र ६ तथा अदानचुली ३ का केही बस्तीहरुमा मात्रै त्यसको लाई बिस्तार भएकाले अन्य वडामा बल्ने हो की के हो ? भन्ने सन्दर्भमा अध्यक्ष शाही बताउँदै भन्नु भयो…..
हस्त शाहीको आवाज २
पहिलो पटक २०७० सालमा यो विद्युत बलेर साबिकको कालीका तथा अहिलेको अदानचुली ४,५ र ६ तथा वडा नम्बर ३ को गोरपाली ढकानीकुना सम्म बत्ती बलेको थियो २०७८ साल कार्तिकको वर्षाले सबै नहर बगाएर लगे पश्चात पुन निमार्ण गर्नु परेको बताउँदै एकिकृत समाजबादीका पोलीट ब्युरो सदस्य समेत रहेका अध्यक्ष शाहीले करिब २ करोडको लगानिमा पुन निमार्ण भएको बताउँदै भन्नु भयो….
हस्त शाहीको आवाज ३