अदानचुली गाउँपालिकाको नमुना भनिएको सल्लाघारी नमुना माध्यामिक बिद्यालय दशैँ यता नखुलेको पाइएको छ ।
मंगलबार बिद्यालयका लागि आएको कम्प्यूटर ल्यापको सामाग्री (कम्प्यूटर सेट) जोड्न गएका प्राविधिकहरु जाँदा बिद्यालय बन्द रहेको पाइएपछि टेलीफोन मार्फत बोलाएर जडान गरीएको बताएका छन् । पालिकामा भएका अन्य बिद्यालयहरुमा दशैँ देखि यता बिद्यालय खुला गरीएता पनि अध्यन अध्यापन भने सुरु नभएकोे पाइएको छ ।
दशैँ मनाउन पालिका तथा जिल्ला बाहिरका शिक्षक शिक्षिका आ–आफ्नो घरमा गएको भएपनि पालिका भित्रका केही शिक्षकहरुले बिद्यालय नखोली घरको काम काजमा ब्यस्त रहेको देखिएको छ । बाहिरका शिक्षकहरु कोही घरमा तथा कोही बाटोमा आएको भएपनि स्थानिय शिक्षकहरुले बिद्यालयउ खोल्नु पर्नेमा उक्त बिद्यालय भने पुर्ण रुपमा बन्द रहेको पाइएको हो । दशै सकिएको पाँच दिन बिति सकेको भएनि उक्त बिद्यालय अझै नखुलेको पाइएको छ ।
बिद्यालयका सबै कक्षा कोठाको सबै कक्षाकोठामा ताला लगाएको छ । त्यहाँ नजिकै रहेका एक जना अविभाबक तथा जेष्ठ नागरीकलाई बुझ्दा उहाँले आज शिक्षक र बिद्यार्थी बिद्यालयमा नआएपछि बिद्यालय बन्द रहेको बताउनु भएको हो । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको उक्त बिद्यालय केही बर्ष अगाडी देखी नयाँ ठाउँमा सारेको छ भने गएको वर्ष नेपाल सरकारले नमुनाका रुपमा समेत घोषणा गरेको छ । हाल बिद्यालय गाउँ भन्द केही टाढाको दुरीमा रहेको छ ।
दशैँ बिदाकै कारण बिद्यार्थीलाई अध्यापनमा समस्या हुने गरेको यस क्षेत्रमा बिदा सकिएको लामो समय सम्म बिद्यालय नखुल्दा बिद्यार्थीको भबिश्य माथि खेलवाड गरेको पाइएको छ । गत बर्षको माध्यामिक शिक्षा परिक्षामा शुन्य नतिजा समेत बेहोरेको सोही बिद्यालयमा गाउँपालिकाले समेत पटक पटक अनुगमन गरिरहेको बुझिएको छ । यतीबेला पनि गाउँपालिकाको शिक्षा शाँखाले अनुगमन गरीरहेको सामाजीक सञ्जालमा उल्लेख गरीएपनि यस्ता बन्दै भएका विद्यालयमा भने अनुगमन नगरी जहाँ खुला रहेको, शिक्षकहरु सबै भएको विद्यालयहरुमा अनुगमन गरीएको देखीएको छ ।
यसरी दशैँ बिदा सकिएको लामो समय सम्म बिद्यालय बन्द रहनुले बिद्यार्थी भबिश्यमा खेलवाड गर्दा पनि यस क्षेत्रका अबिभावक मौन बन्दै आएका छन । बन्द भएको समयमा हेर बिचारमा ध्यान नदिने अविभावकले बिद्यार्थीलाई मात्र दोषरोपण गर्दै आएको पाइएको छ । हाल उक्त नमुना बिद्यालयका ब्याबस्थापन समितिको अध्यक्षमा भने स्वयम् गाउँपालिका अध्यक्ष नै रहेका छन ।