ताँजाकोट गाउँपालिकाले गत वर्ष देखी सुरु गरेको गाउँपालिका अध्यक्ष शैक्षिक सप्ताह कार्यक्रम शुक्रबारबाट सुरु गर्ने भएको छ । कार्तिक ९ गतेका दिन कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री समेत रहेका संघिय सांसद महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्धघाटन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भएको छ । उहाँका अनुसार शैक्षिक गुणस्तरका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाकलाप सप्ताह कार्यक्रम सुरु गर्न लागेको बताउनु भएको छ । बिभिन्न ४० वटा इभेन्टहरु तयार पारीएको उक्त शैक्षिक सप्ताह कार्यक्रममा प्रथम हुँने बिद्यालयलाई १ लाख, द्धितिय हुँने विद्यालयलाई ७५ हजार, तृतिय हुँने विद्यालयलाई ५० हजार र सान्त्वना हुने विद्यालयलाई २५ हजार नगद पुरस्कार वितरण गरीने बताउँदै भन्नु भयो……….
जयरुद्र ढकाल १
यस्तै गएको वर्ष राष्ट्रपती रनिङ् सिल्डसँगै जोडेर गरेको भए पनि यस वर्ष शुक्रबार बाट सुरु गरी एक हत्ता भित्र सबै शैक्षिक अतिरिक्त कृयाकलापहरु गर्ने गरी गर्न लागिएको बताउनु भयो विद्यालय मर्ज गरेपश्चात गाउँपालिका भरी १४ वटा विद्यालयहरु रहेकाले सबै विद्यालयहरुका विद्यार्थीहरु सहभागी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताउँदै पुनः शिक्षा शाँखा प्रमुख ढकालले बताउदै भन्नु भयो……………..
जयरुद्र ढकालको आवाज २
उक्त उद्धघाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको अध्यक्षतामा र कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा शुक्रबार उद्धघाटन गर्ने बताउनु भएको छ । उक्त कार्यक्रमका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय र प्रदेशका सांसदहरु, छिमेकी गाउँपालिकाका अध्यक्षहरु सहित शिक्षासँग सम्बन्धीत सबैको उपस्थिती रहने बताउनु भएको छ ।