नेकपा माओवादी केन्द्रले मनायो ३० औँ जनयुद्ध दिवश


श्रीनगर । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले बिभिन्न कार्यक्रम गर्दै ३० औँ जनयुद्ध दिवश मनाएको छ । हरेक वर्ष भब्य रुपले मनाउँदै आएको जनयुद्ध दिवश यस वर्ष पनि जिल्लाका सबै पालिकाहरुमा भब्य रुपमा मनाइएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध, २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएको भन्दै नेकपा माओबादी केन्द्रले हरेक फागुन १ गतेका दिनलाई जनयुद्ध दिवश मनाउने गरीरहेको छ । सोही अनुसार हुम्लामा पनि सबै गाउँपालिकामा माओबादी केन्द्रले जनयुद्ध दिवश मनाएको हो ।

हरेक बर्षमा जिल्लाका अन्य पालिकामा भन्दा बिशेष गरी यो दिबसलाई अदानचुली र ताँजाकोट गाउँ कमिटिले भब्य रुपमा मनाउने गरेका छन । बिहिबार ताँजाकोट गाउँपालिकामा ख्याती प्राप्त कलाकारहरुको उपस्थितमा दिवस मनाएको माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटिले जनाएको छ ।

पालिका केन्द्र स्थित छप्रेलामा रहेको हेली एयरपोटमा लोक दोहोरी तथा लोक देउडा गायक अमृत कुमार अनमोल, संगिता बढुवाल, फुलमाया शाही लगायतका कलाकारहरुको उपस्थितमा दिवस भब्य रुपमा मनाएकोे छ । यता अदानचुली गाउँपालिकामा वडा नम्बर ३ स्थित खोल मैदानमा एकल गायन, महिला पुरुष देउडा, हुड्के नाँच, दमाहबाजा लगायतका कार्यक्रम गरी ३० औँ जनयुद्ध दिवस मनाएको नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटि सचिव डिल बहादुर फडेराले बताउनु भएको छ । उहँका अनुसार सबै वडा कमिटिहरु बाजा गाजा र दिवसका नारा सहित खेल मैदानमा जम्मा भई दिवसलाई मनाइएको हो ।

सोही दिवसको अबसरमा माओवादी प्रदेश कमिटि सदस्य समेत रहनु भएका अदानचुली गाउँ पालिकाका उपाध्यक्ष कर्ण रोकायाले राज्य सत्ता परिवर्तनका लागी जनयुद्धको सुरुवात भएको बताउनु भएको छ । जो जनयुद्ध कालिन समयमा ज्यान गुमाएका सहिद हरुलाई समेत साझ रुपमा राष्ट्रिय सहिदका रुपमा घोषणा गर्न माग गर्दै अहिले नेपालका न्याय लयले समेत अन्याय गरेको भन्दै फागुन १ गते देश भर सार्वजनिक बिदाको माग गर्नुभयो ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ सालमा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध द्वन्द्व पीडितहरुको तर्फबाट अदालतमा रिट परेको थियो । उक्त रिटमा फैसला सुनाउँदै गत वर्ष पुस १३ गते सर्वोच्च अदालतले सार्वजनिक बिदा खारेज गरेको थियो । आफुपनि अदानचुली गाउँपालिकाको उपाध्यक्ष भएकाले स्थानिय सरकारका प्रमुख जनताको सेवक नभइ सासक भएका कारणले जनताले न्याय पाउन नसकेको बताउनु भयो ।

यस्तै ३० औ जनयुद्ध दिवका प्रमुख अतिथि समेत रहनु भएका नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिका इन्चार्ज मान बहादुर थापाले युद्ध लड्दै गर्दाको याद अहिलेपनि निहाल्दै तेती बेला सत्ता परिवर्तन गर्न युद्धको सुरुवात भएको स्मरण गर्दै नागरीकले धिक्कार गरेको भएपनि तेसको प्रतिफलबाट आफैले बुज्ने गरेको बताउनुभयो ।

दिवसमा देउडा खेलमा सहभागी खेलाडीलाई पुरस्कारण बितरण गरिएको थियो भने ताँजाकोटका १४ र अदानचुली गाउँपालिका भित्रका १७ जना सहिद परिवारलाई आ आफ्नो ठाउँमा दोसल्ला र सल ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम गाउँ कमिटिका अध्यक्ष हरिदल पुनको अध्यक्षतामा, प्रदेस कमिटि सदस्य मान बहादुर थापाको प्रमुख आतिथ्यमा, कर्ण रोकाया सुधारको बिषेश आतिथ्यमा, पालिका स्थित राजनितिक दलका प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, महिला तथा पुरुष देउडा खेलाडी पार्टी प्रति आस्थावन र नागरीकहरुको उपस्थितमा सम्पन्न भएको जानकारी दिनु भएको छ ।

प्रकाशित मितिः     १ फाल्गुन २०८१, बिहीबार २०:०८  |