हुम्ला । मिन पचास अर्थात हिँउदे बिदामा रहेको जिल्लाका अधिकांस बिद्यालय आजबाट संञ्चालनमा आएका छन । पुस महिनाको १५ देखी २० गतेबाट बन्द भएका जिल्लाका अधिकांस सामुदायिक बिद्यालय शुक्रबारबाट संञ्चालनमा आइ भर्ना अभियान सुरु भएको हो ।
हिमाली जिल्लाहरुमा कोभिड १९ अगाडी सम्म अथावत रहेको शैक्षिक सत्र यतिबेला सुरु हुने भएपनि त्यसपछि बैशागमा सुरु हुने भएपनि बिद्यालय आजबाट संञ्चालन भई नया भर्ना लिन सुरु गरिएको बिभिन्न बिद्यालयका प्रधानाध्यापकले बताउनु भएको छ ।
गत पुस महिनामा संञ्चालन भएको बार्षिक परिक्षा सम्पन्नपछि नतिजा प्रकासन गरेर बन्द गरिएका बिद्यालय आजबाट एकसाथ संञ्चालनमा आएका हुन । आजबाट बिद्यालय संञ्चालनमा आएसँगै बिद्यालयको पहँुच भन्दा बाहिर गएका बिद्यार्थीहरु समेत बिद्यालयको पहुँच नजिकैका आफ्ना घरहरुमा आउन थालेका छन ।
जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ५ लिमीको सुनखानी आधारभुत बिद्यालय मिन पचास दिनको बिदा नसिकिदै संञ्चालनमा आइसकेको थियो भने अन्य १ सय ४१ मध्य केही सामुदायिक बिद्यालय आजबाटै संञ्चालनमा आइ भर्ना अभियान सुरु गरिएको शिक्षा बिकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख योगेस आलेले बताउनु भएको छ । आज शुक्रबार भएकै कारण सोही मध्यका केही बिद्यालयहरुले आइतबारबाट बिद्यालय संञ्चालन गरी नया भर्ना प्रक्रियलाई अगाडी बढाउने बताएका छन ।
जिल्लाका बिद्यालय आजबाट संञ्चालनमा आएको भएपनि अध्यापन भने फागुन १५ देखी मात्र हुने गरेको छ । सोही समय सम्म बिद्यालयहरुले नयाँ भर्ना लिने देखी जिल्ला बाहिर स्थाई बसोबास भएका र जिल्ला बाहिर गएका शिक्षक समेत बिद्यालयमा समयमै हाजिर नहुने गरेका छन ।
जिल्लाका सामुदायिक बिद्यालयमा कार्यरत केही शिक्षकले भने आफ्नो मनोमानी गर्दै बिद्यालय संञ्चालन भएको लामो समय पछि आउने गरेका कारणले बिद्यालयमा स्थानिय शिक्षकलाई भर्नामा मार पर्ने गरेको केही शिक्षकको भनाइ रहेको छ ।
बिद्यालय संञ्चालन गर्ने निर्णय गरिएको दिन देखी बिद्यालय संञ्चालन भए नभएको सम्बन्धीत निकायले समेत कुनै जानकारी लिन नखोजी बेवस्ता गरेकै कारणले केही बिद्यालयले ढिलो गरि संञ्चालन गर्ने गरेका छन ।