मुगु । घाँस काट्ने क्रममा भिरबाट लडेर मुगुकी ४५ बर्षिया एक महिलाको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका वडा नम्बर ९ खनाया निवासी प्रेमदेशी शाहीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
बिहिबार अपरान्ह ३ बजे घरबाट घाँस काट्न निस्किएकी शाही अबेर सम्म घरमा नआँदा ७ बजे स्थानिय नागरी र जिल्ला प्रहरी कार्यालय मुगुले खोजी कार्य गर्दा राती अबेर भिरबाट लडेर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रवत्ता तथा प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनु भएको छ ।
प्रहरी निरिक्षक आचार्यका अनुसार खनाया स्थित दुमाह जुरको भिरबाट ७ सया मिटर तल सब फेला परेको हो । हिजो राती देखी सोही गाउँबाट गाडि मार्फत जिल्ला अस्पताल गमगडी मुगु लिन खोजीएको भएपनि बिचमा गाडीमा आएको समस्याका कारण ढिलो पुग्दा शनिबार बिहान मात्र पोष्टमार्टम गरिने आचार्यले बताउनु भयो ।