एचपिभि खोप सम्बन्धी स्थानिय तह खोप समन्वय समिति र संञ्चार क्षेत्रको अभिमखिकरण


श्रीनगर । अदानचुली गाउँपालिका स्वास्थ्य शाखाद्धारा पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार अभिमुखिकरण कार्यक्रम भएको हो ।

पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आगामी फागुन १८ देखि १९ गते सम्म सञ्चालन हुन गैरहेको खोप अभियान अन्तर्गत शाखाले गाउँ पालिका स्तरीय खोप समन्वय समिति र संञ्चारकर्मी तथा संञ्चार क्षेत्रलाई अभिमुखिकरण प्रदान गरेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने एच.पि.भी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० बर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइने भएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले फागुन १८ गते जनकल्याण आधारभुत बिद्यालय, सुर्याेदय माध्यामिक बिद्यालय, छञपाल आधारभुत बिद्यालय र जनपृय आधारभुत बिद्यालयमा अध्यनरत कक्षा ६ देखी १० सम्मका किसोरी तथा अन्य १० देखी १४ बर्ष उमेर समुहका केसोरीहरुलाई सोही बिद्यालयलाई खोप केन्द्र बनाइ खोप लगाउने र ज्ञानोदय माध्यामिक बिद्यालय, सल्लाघारी माध्यामिक बिद्यालय, हिमालचुली आधारभुत बिद्यालय र कैलाशपुरी माध्यामिक बिद्यालयमा अध्यनरत कक्षा ६ देखी १० सम्मका किसोरी र अन्य बिद्यालय बाहिरका १० देखी १४ बर्ष उमेर समुहका किसोरीहरुलाई एचपिभि खोप दिइने भएको छ ।

पालिका भित्र रहेका ८ वटा बिद्यलायमा अध्यनरत र बिद्यालय बाहिरका गरी सोही उमेर समुहका ५ सय १६ जना किसोरीहरुलाई विद्यालय मै पुगेर खोप लगाईने र अन्य छुटेका विद्यार्थी तथा विद्यालय भन्दा बाहिर रहेका उमेर समुह भित्रका किशोरीहरुलाई स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिने भएको छ ।

स्वास्थ्य शाखाका सह संयोजक सन्तोस बुमीले एच.पि.भी. खोप अभियानको कार्यनीतिको बारेमा जानकारी दिदै सरकारले यसै वर्षदेखि एच.पि.भी. खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताउनुभयो । उहाँले पालिकामा ५ सय १६ मध्य ८ जना किसोरी मात्र बिद्यालय बाहिर रहेको तथ्याङ्ग उलब्ध भएको बताउनु भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक चार जना महिलाको ज्यान गएको तथ्याड्ढ रहेकाले खोप अभियानमा सहयोग गर्न उहाले सबैलाई आग्रह गर्नुभएको छ ।

एच.पि.भी. खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको उनको भनाई छ । कार्यक्रम स्वास्थ्य शाखा संयोजक बिनोद बुढाको अध्यक्षतामा कार्यबाहक अध्यक्ष तथा ६ नम्बर वडा अध्यक्ष बृख बुढा, वडा नम्बर २ का वडा अध्यक्ष नन्द महतारा, ३ नम्बर वडा अध्यक्ष डिल बहादुर फडेरा, कार्यपालिका सदस्य, कलुवा टमटा, वडा सदस्य कल बहादुर महतरा, पम्फ शाही लगायत संञ्चारकर्मीहरुको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः     ६ फाल्गुन २०८१, मंगलवार १६:४१  |