तुम्च लिफ्ट सिँचाइको परिक्षण


श्रीनगर । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ स्थित तुम्च लिफ्ट सिँचाईको परिक्षण गरिएको छ । तुम्चको खेति योग्य जमिनमा सिँचाइका लागि निर्माण गरिएको लिफ्ट सिँचाइको शनिबार ट्यांकीमा पानि परिक्षण गरिएको हो ।

२०८० साल असार २ गतेबाट जियुपि प्रालिले निर्माणको काम थाली शनिबार सम्पन्न गरेको लिफ्ट सिँचाइको आजै पानि परिक्षण गरिएको प्रालिका प्रतिनिधि जुनेसजंग शाहले जानकारी दिनु भएको छ । खानेपानि सिँचाइ तथा उर्जा बिकास कार्यालय हुम्लाको रु ३ करोड २८ लाख लागतमा निर्माण सम्पन्न भएको लिफ्ट सिँचाईबाट अदानचुली गाउँपालिका वडा नम्बर १, २ र ३ सहित सर्केगाड गाउँपालिका वडा नम्बर १ का गरी १७ सय घरधुरी लाभम्वित हुने भएका छ ।

शनिबार ३ लाख लिटरको रिजर्भ ट्यांकीमा पानिको परिक्षण गर्दा पानि सहजै रुपमा चढेको भएपनि अझै सहज रुपमा पानि चढाउनका लागि कर्णाली नदि नजिकै पानिको सतह भेट्ने गरी अर्काे ट्यांकीको निर्माण गरिने निर्माण सेवाका प्रतिनिधि शाहले बताउनु भएको छ । निर्माण सम्पन्न भएको पुरानो ट्यांकीमै पानि रिजर्भ गर्नका लागि भन्दै नदिमा पािनको सतह सहजै रुपमा भेट्ने गरी निर्माण गर्न लागिएको हो । हाल सोही लिफ्ट सिँचाई भने सौर्य पाताबाट संञ्चालनमा आउने भएको छ ।

कर्णाली नदिदेखी ८ सय १६ मिटरको उचाइमा पानिलाई तानेर त्याहाँका नागरीकलाई सिँचाई सुबिधा पुराउन लागिएको निर्माण कंम्पनिले जनाएको छ । ट्यांकीमा पानिको परिक्षण तुम्चका नागरी खुसी भएका छन । लिफ्ट सिँचाई संञ्चालनमा आएपछि यस अघि खोलमा पानिको स्रोत कम र खेति योग्य जमिन धेरै भएको हुँदा सिँचाइ गर्न एक महिना पालो कुर्नु पर्ने बाध्याता हट्ने भएको छ ।

तुम्चको खेती योग्य जमिनलाई भ्याउने गरी निर्माण गरिएको ट्यांकी अबको केही समयमा पुर्ण रुपमा संञ्चालनमा आउने स्थानिय संवादाता रतन बहादुर रावतले जानकारी दिनु भएको छ । यो जिल्लामै पहिलो पटक ठुलो मात्राको लिफ्ट सिँचाइ हुने भएको छ ।

सोही जमिनमा धान, गहुँ, भट््ट, मास, मकै, केरा,आँप, जुनार, सुन्तला, केराउ, जनालो, मुसुर, आदी फल्ने गरेको छ ।

प्रकाशित मितिः     १० फाल्गुन २०८१, शनिबार १८:२५  |