हुम्लाका स्थानियले श्रमदानबाट बनाए कर्णालीमा काठको पुल, २५० घरधुरीले गर्छन जोखिम यात्रा


हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीयले कर्णाली नदीमाथि श्रिमदान मार्फत काठे पुल निर्माण गरेका छन । सोह ठाउँका नागरीक यतिबेला जोखिमयुक्त काठेपुलबाट कर्णाली नदि वारपार गर्नु परेको छ । सरोकारवाला पक्षले झोलुङ्गे पुलको निर्माण गर्न माग गरेको भए पनि कुनै सुनुवाइ नभएपछि रिप गाउँका स्थानीयले जनश्रमदानबाट उक्त काठेपुल निर्माण गरेका थिए । यतिेबला कर्णाली करिडोरको सडक गाउँ पारी सम्म आइपुगेपछि सोही पुलबाट दैनि उपभोग्यका बस्तु समेत लिने गरेका छन ।

पुलको घेरबार नहुँदा झारपातले घेरबार गर्नु परेको स्थानिय दलजित कर्कीले बताउनु भएको छ । बाध्यतावश स्थानीय मिलेर काठेपुलको दुवैतिर झारपारले घेरबार गरेर पुल निर्माण गरी वारपार गर्दै आउनु परेको अर्का स्थानिय पदम बहादुर कार्कीले बताउनु भएको छ । काठेपुल रिपगाउँका २५० घरधुरीले दुई दिन लगाएर जनश्रमदानबाट निर्माण गरेका थिए । कर्णालीपारि कर्णाली कोरिडोरको सडक छ ।

रिपगाउँवासीलाई सदरमुकाम सिमकोट र गाउँपालिका केन्द्र वा जिल्लाबाहिर जानका लागि गिउसी र छारेको झोलुङ्गे पुल तर्न टाढा भएका कारण कर्णाली नदी किनारको खडिखेतमा उक्त पुल निर्माण गरिएको हो । एक हप्ताअगाडि मात्रै उक्त काठेपुल बनाएर वारपार गर्न सुरु गरिएको छ । यसअघि सो स्थानमा तुइन रहेको थियो ।

कर्णालीमा आउजाउ गर्न समस्या भएपछि गाउँकै सल्लाहमा सो काठेपुल निर्माण गरिएको कार्कीले बताउनु भएको छ । गाउँका नागरीकले मात्र नभइ खडिखेतमा होटेल व्यवसायी, विद्यार्थीले त्यो पुल प्रयोग गर्ने गरेका छन । जिल्ला भरमा कर्णाली माथि काठको पुल सोही स्थानमा मात्रै रहेको छ ।

उहाँले नदी ठुलो भएका कारण काठेपुलको दुवैतिर झारपातले जोखिम घटाउन घेरबार गरिएको जनाइएको छ । बाटो छोटो भए पनि पैदल यात्रुलाई झारपातले घेरबार गरिएको उक्त पुल तर्न जोखिम रहेको उहाँको भनाइ छ । स्थानीय अज महताराले काठेपुल हटाएर उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ । यो पुल रिप गाउँवासीका साथै वडा नम्बर ३ को उनापानी गाउँवासीले पनि प्रयोग गर्दै आएका छन ।

प्रकाशित मितिः     १२ फाल्गुन २०८१, सोमबार २०:३६  |