कलाकारहरुको उपस्थितमा माओवादी अदानचुलीको अधिबेशन उद्धघाटन


श्रीनगर । नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले लोक दोहोरी तथा लोक देउडा गायक पर बहादुर थापा, अमृत कुमार अनमोल र कालिकोटकी इब्सल संञ्ज्यालको उपथितमा आफ्नो अधिबेशनको उद्धघाटन गरेको छ । शनिबार प्रतिकुल मौसमका कारण स्थागित भएको गाउँ कमिटिको अधिबेशनको उद्धघाटन गरेको हो ।

हिजै उद्धघाटन सत्र गर्ने भनी सम्पुर्ण तयारी पुरा गरेको माओवादी केन्द्रले दिनभर परेको अबिरल बर्षाका कारण अबरुद्ध भएको थियो । पार्टिको बिधान अनुसार नयाँ नेतृत्व चयन गर्ने समय आएकाले नयाँ नेतृत्व छानोट गर्नका लागि अधिबेशनको उद्धघाटन गरिएको छ । जिल्लाका सात वटै पालिकामा आज उद्धघाटन गरिएको भएपनि भोली बन्द सत्र बस्ने भएको छ । अदानचुली गाउँपालिका ३ स्थित खेलकुद मैदानमा उद्धघाटन सत्रलाई समापन गरी बन्द सत्र भोलि बिहानबाट सुरु गर्ने गाउँ कमिटि सचिव डिल बहादुर फडेराले बताउनु भएको छ ।

उहाँका अनुसार कमिटिको दास्रो अधिबेशन नयाँ तथा युवा नेतृत्वलाई अगाडी सार्ने देखिएको छ । सोही उद्धघाटन सत्रमा शुभकामना मन्तब्य दिदैँ नेकपा एकिकृत समाजवादी अदानचुली गाउँ कमिटि अध्यक्ष नवराज कार्कीले कम्युनिष्ट भन्ने बिक्तिकै समाजवाद अगाडी आउने भन्दै एङ्गेज माक्स र लेलिनलाई सम्झिनु पर्ने बताउनु भयो ।

यस्तै नेकपा एमाले अदानचुली गाउँ कमिटि अध्यक्ष बुध भणडारीले हिजो कम्युनिष्ट एकै ठाउँबाट आएको र बिदान अनुसार चल्ने गरेको बताउनु भएको छ । कम्युनिष्टको लक्ष्य भनेको समाजवाद हुदै सम्यवाद भएको भएपनि दक्षिण पन्थी राजावादी शक्ति हाबि हुन गएको भन्दै अझै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

नेतृत्व नभएको खण्डमा कुनैपनि काम सम्भव नहुने भन्दै हिजोका दिनमा राण शासन, पंञ्चायत र राज तन्त्रलाई पनि एक नेतृत्वका कारण फाल्न सम्भव भएको नेपाली कांग्रेस अदानचुली गाउँ कार्य समति सभापति बिष्न भण्डारीले बताउनु भयो ।

नेपाली इतिहासमा यो ब्याबस्था ल्याउन सम्भब भएपनि मुख्य भुमिका नेकपा माओवादी केन्द्र रहेको बताउनु भएको छ । बिगतमा १० बर्षे जनयुद्ध र १९ दिने जन आन्दोलनका कारण ब्याबस्था बदलिएको भएपनि जनताको अबस्था बदल्न नसकिएको भन्दै हालको गतिबिधि हेर्दा र आफु सरकारमा जादै गर्दा स्थानिय तह देखी प्रदेश र संघ सम्म एकै बहुमतको सरकार हुनु पर्ने स्थानिय सरकारको तर्फबाट मन्तब्य दिनु भएका गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो ।

मौसमले प्रतिकुल असर पारेको भन्ने भाष्य भएपनि पानी पर्नु राम्रो भएको र पानि पर्दा बिरुवा उम्रिने फुल फुल्ने र फल लाग्ने भन्दै यो शुभ संकेत भएको प्रमुख अथिति समेत रहनु भएका माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि सह सचिव लालकेश जैसीले बताउनु भएको छ । गणतन्त्र, धर्म निरुपेक्षता, संघियता, समाबेशिता, लगायतका संबिधाका ब्याबस्थामा अन्य दलहरु लागेको भएपनि माओवादीको कोखबाट जन्मिएको भन्दै यसलाई कहिलै मर्न नदिने बताउनु भयो ।

कार्यक्रममा कलाकारद्धय पर बहादुर थापा, अमृत कुमार अनमोल र इब्सल संञ्ज्यालले बेला बेलामा आपm्ना गित संगित मार्फत रमाइलो समेत दिएका थिए । आफुले बजारमा ल्याएका गित संगित मार्फत यहाँका नागरीकलाई रमाइलोपन दिनुका साथै आफ्नो मन समेत जित्न सफल भएका थिए ।

कलाकारलाई समेत उद्धघाटन स्थलमा लिदा स्थानिय बाजा गाजा सहित सम्मान गरी लगिएको थियो । सोही उद्धघाटन सत्र मोओवादी केन्द्र अदानचुली गाउँ कमिटि अध्यक्ष हरिदल पुनको अध्यक्षतामा, कर्णाली प्रदेश सहसचिव लालकेश जैसीको प्रमुख आतिथ्यमा, प्रदेश कमिटि सदस्य, कालि बहादुर बिश्वकर्मा, मान बहादुर थापा, अनिता बुमी, गाउँपालिका उपाध्यक्ष कर्ण रोकया, अन्य राजनितिक दलका नेता, लगायत माओवादी प्रति आस्थावान सहित अदानचुली बासीको उपस्थितमा समापन गरिएको थियो ।

प्रकाशित मितिः     २ चैत्र २०८१, आईतवार २०:०९  |