नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ हुम्ललाका महिलाहरुलाई प्रशिक्षण दिनका लागि केन्द्रीय अध्यक्ष टुका भद्र हमाल हुम्लामा आउनु भएको छ ।
हुम्लाको अदानचुलली गाउँपालिकामा आज देखी सुरु भएको प्रशिक्षण कार्यक्रमका लागि मुगु जिल्ला हुँदै हुम्लामा आउनु भएकी संगठनका अध्यक्ष टुकाभद्र हमाल हमाल, केन्द्रिय सचिव तथा कर्णाली पदेश इन्चार्ज मिना सिंह खराल र कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्का हुम्ला पुगे लगत्तै हुम्लाको पाटी कमीटीले स्थानिय बाजा गाजा, खादा माला र अबिरले स्वागत स्वागत गरेको छ ।
पाटीले सञ्चालन गरेको तिन महिने अभियान अन्त्रगत घर घरमा, चुलो चुलोमा गरिने दुखको भावनाहरुको अनुभब गर्न आफु हुम्लामा आएको बताउनु भयो । एमालले बिस्तारै देशलाई परिवर्तनको दिशामा लिएको बताउँदै पार्टीले गरिब, निमुखा, दलित, गरिब तथा आदीबासीका निम्ती पार्टी र संगठन अगाडी बढेको भन्दै हुम्लाका बिभिन्न टोल र बस्तीहरुका महिलालाई साच्चै आफ्नो हक हितका लागि लड्न अनेम संघमा आवद्ध हुन अनुरोध गर्नु भयो ।
आज बाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्धघाटन शत्रमा केन्द्रिय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आथित्यमा, एमाले स्थाइ कमिटि सदस्य गोरख बहादुर बोगटी केन्द्रिय सदस्य छक्क बहादुर लामा, दल फडेरा, अनेम संघ केन्द्रिय सचिव मिनासिंह रखाल, कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्का, प्रदेश कमिटि सदस्य अदानकला महतारा, धन्ज्या परियार, नवराज महताराको उपस्थिती रहेको छ ।
