हेड नेपालद्धारा हाम्रो अधिकारको लागि हाम्रो आवाज परियोजना सम्बन्धी एक दिने प्रशिक्षण


श्रीनगर । हुम्लाको अदानचली गाउँपालिकामा हिमाली शिक्षा तथा बिकास (हेड नेपाल) द्धारा हाम्रो अधिकारकालागि हाम्रो आवाज परियोजना अन्त्रगतको एकदिने परियोजना परिचयात्मक कार्याक्रम र क्षमता अभिबृद्धि तालिम तथा स्थानिय अपाङ्गता समाबेशी अनुगमन समितिको गठन गरिएको छ ।

गाउँपालिकाको सभाहलमा अपाङ्गता सम्बन्धीका बिभिन्न जानकारी स्थानिय जनप्रतिनिधि सरोकारवाला लगायतका लाई दिनका लागि तालिम सञ्चालन गरिएको हो । पालिकामा अपाङ्गता सम्बन्धी निति निर्माण गर्न लगायतका बिभिन्न जानकारी गर्न र अपाङ्गता सम्बन्धीका कार्यहरुलाई अगाडी बढाउनका लागि भन्दै पालिकामा एक दिने क्षमता अभिबृद्धि तालिम संञ्चालन गरिएको प्रशिक्षक लोगराज शाहीले जानकारी दिनु भएको छ ।

बिभिन्न किसिमका अपाङ्ग भएका ब्यक्तिहरुलाई बोलाउने तरिका, उनिहरुसँग बोलिने शैलिका बारेमा समेत जानकारी गाराइएको थियो । हाल हेड नेपालले जिल्लमा कक्षा १ देखी १० सम्म अध्ययन गर्ने अपाङ्ग बाल बालिकाहरुलाई निःशुल्क आवास दिएको छ भने यो बर्षका लागि समेत बालबालिकाका छनौट गर्न लागेको बताउनु भएको छ ।

अपाङ्ग भएका बालबालिकाहरुका लागि आवास सहित पालन पोषण गर्दै आएको जिल्लाको एक मात्र संस्था रहेको छ । हाल जिल्ला सदरमुकाम सिमकोटमा अपाङ्ग मैत्री आफ्नै भवन निर्माण गरी कार्यालय संञ्चालन गरि रहेको संस्थाले जिल्लाका सबै पालिकाका बाल बालिकाहरुलाई सेवा दिएको छ ।

संस्थाले हाल जिल्लामा अपाङ्गता भएका बाल बालिकालाई कक्षा १० सम्म अध्यन र आवास, जलवायु परिवर्तन सम्बन्धीका कार्या सहित बिभिन्न किसिमका ११ वटा सेवा दिदै आएको छ । हाल दृष्टिबिहिना लागि अध्यन गरिने ब्रिनलिपी अध्यन सामाग्री कक्षा १ देखी दश कक्षा सम्मको रहेको बताउनु भएको छ ।

सोही अक्षरलाई ठुलो बनाएर अध्यन गर्नका लागि सिसिटिभिको समेत ब्याबस्था गरिएको छ । सोही प्रशिक्षणबाट अदानचुली गाउँपालिकालाई आगामि दिनदेखी अपाङ्गता दिवस मनाउन समेत अनुरोध गरेको छ । कोभिड १९ भन्दा अगाडी संस्थाले अदानचुली गाउँपालिकामा समेत सेवा केन्द्र स्थापना गर्नका लागि १० लाखको बिभिन्न सामाग्री खरिद गरी सुर्याेदय माध्यामिक बिद्यालयको छात्रवासमा राखिएको भएपनि सोही सामाग्री अहिले त्या स्थानमा नरहेकको र अहिलेको सरकारलाई खोजी कार्य गर्न अनुरोध गरेको छ ।

ताँजाकोट गाउँपालिका र अदानचुली गाउँपालिकाका अपाङ्गता भएका बालबालिकालाई आवासको ब्याबस्था गर्नका लागि स्थापना गर्न लागिएको आवास केन्द्र महामारीका कारण स्थागित भएको जानकारी दिनु भयो । सोही प्रशिक्षण कार्यक्रमबाटै गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा वडा अध्यक्ष, एक जना शिक्षाबाट, एक जना अपाङ्ग र बाँकी कार्यपालिका सदस्य गरी ११ सदसिय स्थानिय अपाङ्गता समाबेशी अनुगमन समितिको गठन गरिएको छ ।

सोही कार्याक्रम अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकि अधिकृत हंस महताराको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहको प्रमुख आतिथ्यमा, उपाध्यक्ष कर्ण रोकाया (सुधार), १ देखी ६ सम्मका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, शाखा प्रमुख, सुराक्षाकर्मी र संञ्चारकर्मीहरुको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः     २९ फाल्गुन २०८१, बिहीबार १९:२२  |