२ दिने एकिकृत सार्वजनिक शिबिरबाट १८ सय बढि नागरीकले पाए २२ प्रकारका सेवा


श्रीनगर । हुम्लाको सदरमुकाम सिमकोट स्थित ४ वटा सरकारी कार्यालयद्धारा संञ्चालित २ दिने एकिकृत सार्वजनिक निःशुल्क शिबिर सम्पन्न भएको छ । सदरमुकामबाट मात्रै सेवा दिँदै आएका आयुर्बेद कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयद्धारा दिइने सेवा अदानचुली गाउँपालिकामा पहिलो पटक तल्लो क्षेत्रका ४ पालिकाका लागि सेवा पाउँदा नागरीक खुसी भएका छन ।

सो शिबिर मार्फत जिल्लाका ४ पालिकाका मात्रै नभइ अन्य जिल्लाका नागरीकले समेत सेवा पाएका छन । शिबिरमा स्वास्थ्य सेवा कार्यालय हुम्लाद्धारा स्त्री रोग सम्बन्धी चेकजाच, दन्त सम्बन्धी चेकजाँच र जनरल चेकजाँच, पुरुष स्थाई बन्ध्याकरण, महिलाका लागी तल्लो पेट दुख्ने, माथिल्लो पेट दुख्ने, पाठेघर सम्बन्धी चेकजाच गरिएको छ जसमा ४ जना महिलामा बाँझो पनको समस्या देखिएको छ ।

सोही सेवा अन्त्रगतको एलोपेथिक तर्फ ३ सय ७९ जनाले सेवा पाएका छन । पाठेघरको मुखको क्यान्सर बिरुद्धको भि.आइ.ए २ सय १० जना महिलाले जाँच गराएको १२ जनामा पोजेटिभ देखिएको छ यस्तै दाँतको उपचार भने ८० जनाले गरेको स्वास्थ्य संयोजक बिनोद बुढाले बताउनु भएको छ ।

शिबिर मार्फत ३९ जना पुरुषले स्थाइ बन्ध्याकरण गरेको पाइएको छ । पालिका भित्र विशेषज्ञ डाक्टरको अभावमा जिल्ला सदरमुकाम टाढाको दुरीमा रहेकाले कयौं रोगका बिरामीहरु उपचार गर्न सहरी क्षेत्र तथा काठमाडौं जानु पर्ने बाध्यता छ ।

यतिबेला पालिकामा शिबिर आएकाले उापचार गराउने संख्या पुरुष भन्दा महिलाको धेरै देखिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराले बताउनु भएको छ । अय भन्दा अघिल्लो शिबिर देखी यो शिबिर सम्पन्न हुखा सम्म पुरुष बेरामी भन्दा महिला बेरामी संख्या धेरै देखिने गरेको पाइएको छ ।

सदरमुकाममै रहेको आयुर्वेद शाखा कार्यालयले पनि, ग्यास्टीक, ढाड कम्बर दुख्ने, पेट दुख्ने, पेट फुल्ने, रागनको तेल बितरण लगायतका औषधि निःशुल्क रुपमा बितरण गरेको पाइएको छ । शिबिरको अन्य २ वटा सेवा भन्दा स्वास्थ्य तर्फका २ वटा सेवामा नागरीकको बढि भिड रहेको थियो । पालिकामा बिशेषज्ञ डाक्टरबाट चेकजाँच गराउन नपाएका नागरीकहरु शिबिरमा उल्लेख्य रुपमा आएको पाइएको छ । सोही शिबिरमा बिभिन्न रोगहरुले ग्रसति भएको ४ गाउँपालिका भित्रका ७ सय १९ नागरीकले २ दिनमा औषधि सहित उपचार सेवा पाएका छन ।

सोही सार्वजनिक शिबिरमा रहेको पशु अस्पाताल तथा पशु सेवा कार्यालय मार्फत सेव दिने क्रममा पालिकाका पशुबस्तुलाई औषधिको मात्रा नपुगेको पाइएको छ । दुई दिन सम्म संञ्चालन भएको शिबिर पशु बस्तुका लागि बिभिन्न रोगको औषधि बितराण गर्दा सकिएको भएपनि २ सय ८० जना कृषकले बिभिन्न ७ प्रकारका रोगहरुको गरी १३ हजार मात्रा औषधि बितरण गरिएको शाखा प्रमुख दिपेन्द्र फडेराले बताउनु भएको छ ।

जिल्लामै रहेको अर्काे उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालयमा समेत ब्यक्तिगत तथा साझेदारी फर्म दर्ता, नबिकरण, ब्याबसाय दर्ता नबिकरण, खारेज लगायतका काम गर्ने नागरीकको संख्यापनि धेरै रहेको थियो । अन्य सामान्य सेवाहरु पालिका मार्फत गर्न पाइएको भएपनि दर्ता तथा नबिकरण पालिकबाट नपाइएको हुँदा सोही सेवा पालिकमै पाउदा नागरीक खुसी भएका छन । जिल्लामा गएर दर्ता नबिकरण गर्न २० देखी ३० हजार सम्म खर्च हुने गरेको भएपनि पालिकामा शिबिर आउँदा नागरीकको खर्च मात्रै नभई समय समेत बचत भएको छ ।

सोही दर्ता नबिकरण सेवा मार्फत ८३ जनाले सेवा लिएको पाइएको छ । बार्षिक १० लाख भन्दा मुनिको कारोबार गर्ने ब्याबसायिका लागि गाउँपालिकामै दर्ता गर्ने भएपछि थोरै मात्रामा दर्ता नबिकरण भएका हुन । पालिकामा रहेका नागरीकहरुले १० लाख भन्दा तलका मात्रै र पुँजी घटाउने गरेकाले समेत १२ पछि सेवा दिन नसकिएको कार्यालय प्रमुखको भनाइ रहेको छ ।

फागुन ५ गते जिल्ला स्थित सरकारी कर्यालयका प्रमुखहरुको बैठक बसी जिल्लाको तल्लो क्षेत्रका ४ पालिकाका नागरीकलाई २२ प्रकारका निःशुल्क सेवा दिने हेतुले शिबिरसको संञ्चालन गरिएको थियो । सात वटा स्थानिय तह रहेको हुम्ला जिल्लाको तल्लो क्षेत्र सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाकाबाट जिल्ला सदरमुकाम जान निकै टाढा हुने भएकाले ब्यत्तिगत तथा साझेदारी फर्म दता नबिकरण, पुँजी बृद्धि, प्रतिलिपि लिनकै लागि समस्या झेलि रहेका पालिकाका नागरीकलाई सहज भएको छ ।

यतिबेलाको शिबिरबाट धेरै नागरीकले आफ्नो सेवा सहज रुपमा लिन पाएका छन । केही नागरीकहरुले छिटफुट रुपमा सेवा नपाएको भएपनि सेवा पाउँने नागरिकहरु खुसी भएका छन । पालिका मार्फत नहुने अधिकांस २२ प्रकारका मुख्य सेवाहरु शिबिरका कारण पालिकामै भएकापछि नागरीक खुसी भएका छन ।

प्रकाशित मितिः     २८ फाल्गुन २०८१, बुधबार १९:१६  |