दसैँमा गाउँ फर्किनेको लर्को, हुम्लाका गाउँघरमा विवाहदेखि सफलताको खुसीयालीसम्म ।
नेपालीको महान् चाड बडादसैँ भित्रिएसँगै हुम्लाका गाउँबस्तीमा चहलपहल बढेको छ । रोजगारी, ज्यालामजदुरी तथा उच्च शिक्षाका लागि गाउँबाहिर रहेका स्थानीयवासी दसैँ मनाउन घर फर्किन थालेपछि गाउँघरमा रौनक छाएको हो । वर्षौदेखि बाहिर बस्दै आएका आफन्त घर फर्किएसँगै कतिपय गाउँमा विवाह, व्रतबन्ध तथा विभिन्न सफलताको खुसीयाली मनाउने क्रमसमेत बढेको छ ।
हुम्लाका सातवटै स्थानीय तहमा दसैँ मनाउन घर फर्किनेको चहलपहल देखि








