अदानचुली गाउँपालिकाले बडादसैँ २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप महताराको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरीएको गाउँपालिकाका जिन्सीशाँखा प्रमुख हंस महताराले बताउनु भयो ।
कार्यक्रममा अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष नन्द महतारा, वडा नम्बर ३ का वडाध्यक्ष डिलबहादुर फडेरा, नेकपा एमाले अदानचुली गाउँकमिटीका इन्चार्ज धनज्या परियार, गाउँ कार्यपालिकाका सदस्य, वडा सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानीय ज्येष्ठ नागरिक, धामी तथा पुजारीलगायतको उपस्थिति रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताले बडादसैँको शुभकामना व्यक्त गर्दै चाडपर्वले आपसी सद्भाव, एकता, सहकार्य र सामाजिक मेलमिलापलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँहरूले दसैँजस्ता सांस्कृतिक तथा धार्मिक पर्वले समाजमा विद्यमान आपसी सम्बन्धलाई प्रगाढ बनाउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै एक आपसमा शुभकामना शाँटासाँट गरीएको छ ।
स्थानीय जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक तथा धामी–पुजारीको सहभागितामा सम्पन्न कार्यक्रमले गाउँपालिकाभित्र सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक सहकार्यलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । बडादसैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र समुदायका विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
