हुम्ला । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ अदानचुली गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ एक सय १५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । अदानचुली गाउँपालिकाको आयोजनामा गाउँपालिकाको स्वास्थ्य शाखाको अर्थिक सहयोगमा बिबिध कार्यक्रम गरी नारी दिवस मनाइएको हो ।
शनिबार गाउँपालिका केन्द्र रहेको श्रीनगर बजार सहित श्रीनगर क्षेत्रमा महिलाका हक हित सम्बन्धी प्लेट बोकी नारा जुलुस सहित प्रभातफेरी प्रस्चात सुर्याेदय माध्यामिक बिद्यालयमा जम्मा भएर साक्षर महिलाहरुको उपस्थितमा वडा वाइज बक्तृत्वकला प्रतियोगिता संञ्चालन गरिएको कार्यक्रम संञ्चालक जुनु रोकायाले बताउनु भएको छ । उहाँका अनुसार मर्यादित महिनावारी शिर्सकमा महिलाहरुको प्रतिनिधित्व गर्दै वडा वाइज रुपमा साक्षर महिलाहरुलाई बतृत्वकला प्रतियोगिता गरिएको हो ।
सोही प्रतियोगितामा केशरी ऐडी प्रथम हुनु भएको भने गोरीका जैसी दृतिय हुनु भएको छ । यस्तै ऐसा रोकाया तृतिय र लालपरु सुनार सान्त्वना हुनु भएको छ । दिवसको असरपारी वडा वाइज रुपमा मिठाई चुड्ने खेल समेत संञ्चालन भएको थियो सोही खेलमा भने अदानचुली २ का फागुनी बुढा प्रथम हुनु भएको छ भने अदानचुली १ की इसरा थापा, अदानचुली ३ की सरस्वतस् रोकाया, अदानचुल ४ की छन पुन, अदानचुली ५ की डिलमाया शाही र अदानचुली ५ की सौरी टमटालाई समेत पुरस्कार बितरण गरिएको छ भने अन्य सबै प्रतियोगितामा सहभागी महिलाईहरुलाई पुरस्कार बितरण गरिएको छ । दिवसमा महिनावारी नारीका हक हित लगायतका कुरामा वडा वाइज रुपमा देउडा खेल समेत संञ्चालन गरिएको थियो ।
बिवाह ब्रतबन्ध, शुभ कार्य, उत्सव र मेला पर्बमा मात्र गाइने गरिएका देउडालाई पछिल्लो समय बिभिन्न दिवसहरुमा समेत समेट्न थालिएको छ । वडा तहमा रहेका महिला देउडा खेलाडीहरुलाई सहभागी गारइ देउडा मार्फत महिलाका पिडा दुःख बिसाएका छन ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको थियो ।
यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको समेटिएका थिए । नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको भएपनि जिल्लामा भने खासै महिलाहरुले काम गर्न नसक्ने भन्दैै पछि पार्ने गरिएको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ ।
सोही दिवसमा कार्यपालिकाका जेष्ठ सदस्य छ्याउकला रोकायाको अध्यक्षतामा, गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा, २ नम्बर वडा अध्यक्ष नन्द महतारा, ४ नम्बर वडा अध्यक्ष मनऋषी पाण्डे, कार्यपालिका सदस्य, एमाले प्रदेश कमिटि सदस्य अदानकला महतारा, माओवाद केन्द्र प्रदेश कमिटि सदस्य प्रतिमा बुमी, निमिक्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष बुमी, स्वास्थ्य शाखा प्रमुख बिनोद बुढा, कृष अधिकृत बिनिता महतारा लगायत अन्य शाखामा कर्यारत गाउँपालिकाका कर्मचारी लगायत स्थानिय नागरीहरुको उपस्थित रहेको थियो ।
यस्तै सोरु गाउँपालिका १० र ११ को धैनमा पनि वडा अध्यक्ष कुलचन्द्र जैसी अध्यक्षतामा तथा कार्यापालिका सदस्य कुसुम मल्लको अगुवाईमा कुर्चि दौड, घैटो फाड्ने र देउडा आयोजना गरी नारी दिवस मनाइएको धैनबाट हरिकेश आचार्यले जानकारी दिनु भएको छ ।