श्रीनगर । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत हुम्लाको अदानचुली गाउँपालिका स्थित गल्ला बहुमुखी क्याम्पसमा पहिलो पटक संघ÷संगठन दर्ता गरिएको छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म संघ÷संगठन दर्ताको कार्यक्रम राखिएकोमा ४ वटा बिद्यार्थी संगठन दर्ता गरेको हुन ।
यसअघिनै क्याम्पस संञ्चालनमा आएको भएपनि स्वबियु निर्वाचनमा भने पहिलो पटक ४ वटा राजनितिक दलका संगठननहरुले संघ÷संगठन दर्ता गरेको क्याम्पस प्रमुख रणशुर रोकायाले बताउनु भएको छ ।
पालिकामा भएका राजनितिक दलका संगठनहरुले स्वतन्त्र बिद्यार्थी युनियनको आसन्न निार्वचनमा भाग लिन नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्वबियु, नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्वबियु (क्रान्तीकारी), नेपालिका कांग्रेसको नेपाल बिद्यार्थी संघ र नेकपा एकिकृत समाजवादीको नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) ले पहिलो पटक दर्ता गरेका छन ।
सोही संगठन दर्तामा आफ्नो संगठन दर्ताका लागीअनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष दिनेश पाण्डे, उपसचिव महेश महतारा, अदानचुली गाउँ कमिटि अध्यक्ष प्रकास बोगटी सहितको नेतृत्वको टोली गएको थियो । गल्बा बहुमुखी क्याम्पसमा पहिलो पटक दल दर्ता भएको भएपनि जिल्लामा रहेका तिन वटा क्याम्पसमा संगठन दर्ता भएको जनाइएको छ ।
त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ भने ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने भएको छ ।