अदानचुलीका ५३८ किशोरीले पाए एचपिभि बिरुद्धको खोप


श्रीनगर । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट अदानचुली गाउँपालिकाका ५ सय ३८ किशोरीले खोप प्राप्त गरेका छन । पालिकाको अभियानको दोस्रो दिन आजसम्म ५ सय ३८ किशोरीले खोप लिएका हुन ।

जिल्लामा १८ गतेदेखी सुरु गर्ने अभियान सुरु सुरु गरिएको पालिकाका १० वटा खोप केन्द्रबाट कक्षा ६ देखी कक्षा १० सम्म अध्यनरत र बिद्यालय बाहिरका १० बर्ष देखी १६ बर्ष उमेर समुहका गरी सोही किशोरीहरुलाई खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले जानकारी दिनु भएको छ ।

स्वास्थ्य संयोजक बुढाले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनत गरेकामा धन्यवाद ज्ञापन गर्नु भएको छ । देशभर गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन भएको भएपनि हिमाली जिल्लामा चिसोका कारण बिद्यालय समेत मिन पचास दिनको बिदामा रहेकाले १८ गतेदेखी जिल्लाको लिमि र यारी बाहेक अन्य पालिकामा यतिबेला सुरु भएको हो ।

अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरू मार्फत खोप लगाइएको हो । पालिकामा ५ सय १५ जनाको रिपोट तथ्याङ्क भएको भएपनि ५ सय ३८ जना किशोरीले खोप पाएका छन । पालिकामा अझै ३५ डोज खोप बाँकी रहेकाले घरधुरी सर्बेक्षण गरी छुटेका किशोरीहरुलाई सोही खोप दिइने भएको छ ।

त्यसै मध्य ५ सय १९ जना कक्षा ६ देखी १० सम्म अध्यनरत बिद्यालय जाने र १९ जना बिद्यालय बाहिरका गरी ५ सय ३८ किशोरीले पाठेघर मुखको क्यान्सर बिरुद्धको खोप पाएका हुन । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजना अनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रम सरकारले कार्यानवयन गरिरहेको छ ।

प्रकाशित मितिः     १९ फाल्गुन २०८१, सोमबार १७:३७  |