श्रीनगर । हुम्लामा नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिको दोस्रो अधिबेशनमा भएको पहिलो निर्वाचनबाट दिर्घ बहादुर सिंह अध्यक्षमा निर्वाचित हुनु भएको छ । जिल्लामै पार्टीको गाउँ कमिटि अधिबेशनमा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले पहिलो पटक निर्वाचन गरेको हो ।
जिल्लाको इतिहासमा हाल सम्म कुनै राजनितिक दलको पालिका कमिटिको अधिबेशनमा निर्वाचन प्रक्रिया नगरिएको भएपनि माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले पहिलो पटक अधिबेशनमा निर्वाचन गरी १६ मत प्राप्त गर्दै अदानचुली ५ का सिंह निर्वाचित हुनु भएको जनाइएको छ ।
उहाँसँगै प्रतिशप्रधा गरेका अदानचुली ३ का मिम बहादुर रोकायाले १३ मत प्राप्त गर्नु भएको थियो भने अदानचुली ४ का जानदक्त जैसीले १० मत प्राप्त गर्नु भएको थियो ।
अध्यक्ष पदकालागि निर्वाचन गरिएको भएपनि अन्य पदाधिकारी भने सर्ब सहमतीबाटै छनोट गरिने भएको गाउँ कमिटि सचिव डिल बहादुर फडेराले जानकारी दिनु भएको छ । उता ताँजाकोट गाउँ कमिटिको समेत निर्वाचन प्रक्रियाका लागि सबै तयारी पुरा गरेको गाउँ कमिटिले जनाएको छ ।