हुम्ला । कर्णाली करिडोर अन्त्रगतको सिमकोट सलीसल्ला सडक खण्ड बन्द हुँने भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सुचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले चैत्र २५ गते बाट उक्त सडक खण्डमा रहेका भिरहरुमा मर्मत गर्नु पर्ने भएकाले चैत्र २५ गतेबाट असार मसान्त सम्म पुर्णरुपमा बन्द गर्ने निर्णय भएको बताउनु भयो ।
पुस १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार चैत्र २५ गतेबाट सलिसल्ला–सिमकोट–हिल्सा सडक अन्त्रगतको बोक्चे गौडा, भिई गौडा र याङ्चु भिर खण्मा नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदल, कालिकोटबाट सडक निर्माण सुरु गरीने बताउनु भयो ।
निर्माणको क्रममा ब्लास्टिङ्ग सेत गर्नु पर्ने भएकाले निर्माण कार्य अवधिभर उक्त सडक खण्ड तथा सो आसपासमा आवतजावत नगर्न, चौपायाहरु नलैजान तथा अन्य व्यक्ति, चौपायाहरुलाई समेत जान नदिन सम्बन्धीत सबैमा अनुरोध गरीएको पनि बताउनु भएको छ ।