भारतीय दुतावासले जिल्लाको चंखेली गाउँपालिकामा पाँच शैयाको अस्पताल भवन निर्माण गर्ने भएको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दुतावास र गाउँपालिकाले त्रिपक्षीय सम्झौता गरेपछि अस्पताल निर्माण हुने भएको हो । भारत सरकारको सहयोगमा सञ्चालीत उच्च प्रभावयुक्त सामूदायिक परियोजना अन्तर्गत परियोजना कार्यान्वयनका लागि सघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही बिच आज त्रिपक्षीय सम्झौता भएको अध्यक्ष शाहीले बताउनु भएको छ ।
उहाँका अनुसार अबको एक हप्ताभित्र अस्पताल निर्माणका लागि टेण्डर आव्हान हुने र सम्झौता अनुसार १५ महिनामा अस्पतालको निर्माण कार्य पुरा हुने बताउनु भएको छ । यस अघि पनि चंखेलीमा भारतीय दतावासले विद्यालयमा पुस्तकालय भवन निर्माण गरेको छ ।
उक्त परियोजना अन्त्रगत देशभरका ९ वटा स्थानीय तहमा ५।५ शैयाका अस्पताल निमार्णको लागि आज एकैसाथ त्रिपक्षिय सम्झौतामा हस्ताक्षर गरिएको छ । जसमा कैलालीको धनगढी उपमाहानगरपाली, गुल्मीको धुर्कोट गाउँपालिका, हुम्लाको चंखेली गाउँपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिन्दुपाल्चोकको इन्द्रावती गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालीका, ताप्लेजुङको मिखुवाखोला गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका र सोलुखुम्बुको लिखुपीके गाउँपालिका गरी ९ वटा स्थानीय तहमा अस्पताल निमार्ण गर्न लागेको हो । सबै स्थानीय तहका प्रमुखहरुलाई आज संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सभाहलमा बोलाएर एकै साथ त्रिपक्षिय हस्ताक्षर गरीएको छ । ––– कालीबहादुर थापा