हुम्लामा पनि शिक्षकहरुले आन्दोलन गरेका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
यस अघिका शिक्षक आन्दोलनमा केन्द्री स्तरका पदाधीकारीहरु सहित शहर केन्द्रीत आन्दोलन हुँने गरेको भएपनि केन्द्रीय सर्कुलर अनुसा यसपटक अन्तीम लडाई हुँने भन्दै सबै शिक्षकहरुलाई राजधानी काठमाडौमा आउने र आउन नसकेका शिक्षकहरुले हरेक स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाँखामा धर्ना गर्न निर्देशन दिएको थियो सोही अनुसार हुम्लाका ७ वटै स्थानीय तहका शिक्षकहरुले आ आफ्नो स्थानीय तहको शिक्षा युवा तथा खेलकुद शाँखामा गई धर्ना गरीएको बताएका छन् ।
यस अघि नै आन्दोलन गर्ने घोषणा गरेको भएपनि विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरू काठमाडौंमा भेला भइ प्रदशनमा उत्रिन केन्द्रले सर्कुलर गरेको भएपनि हुम्लाका ७ वटै स्थानीय तहबाट प्रतिनिधिको रुपमा एक गाउँपालिकाबाट ७।७ जना शिक्षकहरुलाई काठमाडौ पठाएर विभिन्न कारण देखाउँदै राजधानीमा जान नसेका शिक्षकहरुले आज नारा जुलुस सहित बजार परिक्रममा गरी आ आफ्नै स्थानीय तहमा भएका शिक्षा शाँखामा गई धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गर, शिक्षा ऐन जारी गर, हाम्रो माग पूरा गर, शिक्षक पेशालाई सम्मान गर लगायत विभिन्न नारा लगाउँदै गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । हरेक जिल्ला र स्थानीय तहमा गठित नेपाल शिक्षक महासंघको अगुवाइमा उक्त आन्दोलन भएको हो । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो । तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन सडक आन्दोलन सुरू गरेको शिक्षक महासंघ अदानचुलीका उपाध्यक्ष टंकध्वज खत्रीले बताउनु भयो ।
सबै शिक्षकहरु आफ्नो अधिकारका लागि भन्दै आन्दोलनमा गएपछि विद्यालयहरु पठनपाठन अबरुद्ध भएको छ । फाटफुट रुपमा विद्यालय सञ्चालनमा आएपनि जिल्लाका अधिकांस बिद्यालयहरुमा विद्यार्थीहरु पुगेपनि शिक्षकहरुले आफुहरुको आन्दोलन भएको भन्दै विद्यार्थीहरुलाई घर फर्काएर आफु आहरुले आन्दोन गरेका छन् । उनिहरुले यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने र आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय विद्यालय सञ्चालन गर्न नसकीने चेतावनी समेत दिएका छन् ।
शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भइ छलफलका क्रममा छ । विधेयकमा रहेका कतिपय प्रावधानमा शिक्षकहरुको असहमति छ । जसको कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको छ । यता अदानचुली गाउँपालिकाका सबै बिद्यालयका शिक्षकहरु उपस्थित हुँने भनिएतापनि ८ वटा विद्यालयका शिक्षकहरु अनुपस्थत भएको जनाइएको छ भोलीदेखी पनि निरन्तर शिक्षा शाँखामा धर्ना गरीने बताइएको छ ।