हुम्ला । नेपागञ्जबाट तराकारी लिएर हुम्ला गएको तरकारी बोक्ने बोलेर जीप दुर्घटना भएको छ । सिमकोट गाउँपालिका ५ थलहाल्नामा आइतबार बिहान दुर्घटना भएको हो ।
नेपालगञ्जदेखी सदरमुकाम सिमकोट तर्फ तरकारी लिएर जाँदै गरेको बा ८ च ४७०० नम्बरको जीप बिहान ३ बजे दुर्घटना हुदा सडकबाट २५ मिटर तल खसेको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका ४ बस्ने २५ बर्षिय करन बहादुर सार्कीले चलाएको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सोही गाडी चालक र सहचालक सर्केगाड गाउँपालिका वडा नं. ५ बस्ने राजन बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गाडी भने हल्का कुच्चिएको छ । सडक भन्दा गाडी तल खसेको भएपनि मानबिय क्षेती भने कुनै नभएको पाइएको छ भने गाडीमा राखिएको तरकारी समेत समान्य रहेको प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले बताउनु भएको छ । घटना थप अनुसन्धानका लागि प्रहरीले चालक र सहचालक दुबैलाई नियन्त्रण लिइएको छ ।