हम्ला । बाल स्वाथ्यका सुचकहरुमा क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै कर्णाली प्रदेशका ७९ स्थानिय तह मध्य हुम्लाको ताँजाकोट गाउँपालिका उत्कृष्ट अंक सहित पहिलो भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बिहिबार गरेको बाल स्वास्थ्यको सफल राष्ट्रिय कार्यक्रमको अबसरमा पालिका उत्कृष्ट भएका् हो ।
नबजात शिसु तथा बाल रोगको एकिकृत कार्यक्रम आइ.एम,एन.सि.आई रजत जयन्तीको अबसरमा पालिकाको स्वास्थ्य शाखाले बाल स्वाथ्यका सुचकहरुमा प्रदेश भरमा उल्लेख्य कार्यसम्पादन गरी उत्कृष्ट नम्बर प्राप्त गरेको छ । गएका दिनहरुमा पालिकाले गरेको बाल स्वास्थ्य सम्बन्धीका कार्यक्रम सरकारले तोकेको समयमा सम्पन्न गरेकाले उत्कृष्ट भएको छ । सरकारले बाल स्वास्थयका सुचकहरु तोकिए बमोजिमका सबै चरणहरु पुरा गरेपछि प्रदेश भरको उत्कृष्ट पालिका बन्न पुगेको हो ।
सोही अबसरमा आयोजित कार्यक्रमबाट गाउँपालिकाको स्वास्थ्य शाखालाई मन्त्रालयले कदर पत्र सहित पुरस्कार प्रदान गरेको छ । स्वास्थ्य शाखा ताँजाकोटलाई मन्त्रालयले सम्मान गरेको भन्दै सो स्थान पुर्याउन सहयोग गर्ने रातदिन स्वास्थ्य सेवामा खटिरहने २३ जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिका, फेज नेपाल, छ वटा स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय सरकारका अध्यक्ष उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण शाखा प्रमुख, कर्मचारी, शिक्षक बुद्धिजीवी राजनीतिक दल, पत्रकार, स्वास्थ सेवा कार्यलय, कर्णालि प्रदेश स्वास्थ्य निर्देशनालय, संघिय सरकार लगायत सबै सहयोगी हातहरुलाई विशेष धन्यवाद दिदै ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखा संयोज धनराज ढकालले यो कदर पत्रले अगामी दिनमा काम गर्ने हौसला प्रदान भएको बताउनु भएको छ ।
पालिकामा भएका बालबालिकाहरुको बाल स्वास्थ्यका लागि बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था गर्न आफु मात्रै नभई स्वास्थय सस्थामा कार्यरत सबैको भुमिका उतिकै रहेको बताउनु भएको छ । बालबालिकालाई विकासको क्रममा केही रोगहरू लाग्ने, सानातिना रोगले बालबालिकाको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने, बालबालिकाले कुनै विषाणु विरुद्ध प्रतिरक्षा शक्ति विकास गर्न नसक्दा आफुहरुको लागि परेका कारण यो सफता प्रदान भएको बताउनु भएको छ ।