नेपाल महिला संघ अदानचुलीको अध्यक्षमा तारा चन्द भण्डारी सर्बसहमत


श्रीनगर । नेपाल महिला संघ अदानचुली गाउँ कार्य समितिको अध्यक्षमा तारा चन्द भण्डारी सर्बसहमत रुपमा चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको उक्त गाउँ कार्य समितिको अधिबेशनबाट चन्द सर्वसम्मत चयन हुनु भएको हो ।

गाउँ कार्य समितिको अधिबेशनले महिला संघ अदानचुलीको अध्यक्षमा चन्दलाई सर्वसम्मत चयन गरेको महिल संघ हुम्लाकी अध्यक्ष शुशिला शाहले बताउनु भएको छ । यस्तै संघको उपाध्यक्षमा अबकति टमटा र ऐसा रोकाया चयन हुनु भएको छ ।

त्यसैगरि सचिवमा बसन्ति रोकाया, पम्फा शाही, कोषध्यक्षमा धनरुपी शाही सहसचिवमा लालकला जैसी र यसोदा दानी सर्ब सहमत रुपमा चयन हुनु भएको जनाइएको छ। अधिबेशनले २७ सदस्यीय कार्य समितिमा ८ जना पदाधिकारी सहित १९ जना सदस्य चयन भएका छन ।

अध्यक्षमा चयन भएपछि तारा चन्द भण्डारीले महिला संघ अदानचुलीलाई सशक्त बनाउने बताउनु भएको छ । अदानचुली गाउँ कार्य समितिको पहिलो अधिबेशनबाट चयन भए लगक्तै आगामी दिनमा अदानचुलीका महिलाको हक अधिकार स्थापित गर्ने गरी अगाडी बढ्ने समेत बताउनु भएको छ र राजनितिक रुपमा आउनु अगाडी आफुले बिभिन्न संघ सस्थामा काम गर्दा जिल्ला सँगै पालिका भरिका महिलाको पिर बेथा बुझेको हुनाले आफुले ति महिलाका पिडा सँगै हक अधिकार स्थापित गर्न तर्फ लाग्ने बताउनु भएको छ ।

अध्यक्षमा सर्बसहमत चयन भएपछि चन्दलाई बजार बाट नारा जुलुस सहित स्थानिय बाजा गाजाले घरमा ल्याइएको थियो । आज गरिएको सोही अधिबेशनले महिला संघको वडा कार्य समिति समेत चयन गरिएको छ । जसको १ नम्बरमा सुन्दरी महतारा, २ नम्बरमा मायादेबी बुढा, ३ नम्बरमा धनमता भियाल, ४ नम्बरमा पिउली जैसी, ५ नम्बरमा गंगा शाही र ६ नम्बरमा बुद्धी बुढाको नेतृत्वमा सर्ब सहमत चयन गरिएको अध्यक्ष चन्दले बताउनु भएको छ ।

यसअघि संघको अधिबेशनको उद्घाटन सत्रमा नेपाल महिला संघ जिल्ला अध्यक्ष शुसिला शाहको अध्यक्षतामा, कोषाध्यक्ष बबिता शाहीको प्रमुख आतिथ्यमा, काग्रेस महासमिति सदस्य राम बहादुर टमटाको बिशेष आतिथ्यमा बिभिन्न अतिथिहरुले मनतब्य दिएका थिए ।

प्रकाशित मितिः     ९ बैशाख २०८२, मंगलवार २०:३९  |