बैशाख ४ गते बिहिबार आएको वर्षासँगैको बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराइएको छ ।
आज अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित हुम्ला जिल्लाबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरु माननीय रनसिंह परियार,कल बहादुर हमाल, जुम्कित लामा र वडा अध्यक्षहरु सहितको टोलीले कर्णाली प्रदेस सकारका मुख्यमन्त्री यामलाल कँडेललाई भेटी यथासिघ्र अनुगमन मुल्यांकन गरि छिटो भन्दा छिटो मर्मत सम्भार, पुनर्निर्माण तथा वाढी पिडित लाई राहतको व्यवस्था गर्नहुन प्रदेश सरकार समक्ष माग गर्नु भएको छ ।
बाढीले गाउँपालिका भित्रका थुप्रै पशल तथा होटलहरु देखीले सडक, खानेपानी, गाउँपालिकाको प्रशासकिय भबन, विद्यालयका भबनहरु र किषानहरुको बालीनालीहरुमा समेत क्षेती पुर्याएको छ ।
उक्त क्षेतीको विवरणहरु सहित आज गाउँपालिकाका अध्यक्ष सहितको टोलीले प्रदेश सरकारलाई ध्यानकर्षण गराइएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनु भएको छ ।